यस्तो छ आजको विस्का जात्राको तालिकाः साँंझ पाँंच बजे ल्योसिंद्य ढाल्ने
बैशाख १, २०८३, मङ्गलबार | विहान ०८:१६ बजे | 165
भक्तपुर । गुठी संस्थान शाखा कार्यालय भक्तपुरले सार्वजनिक गरेको आजको विस्का जात्राको तालिका अनुसार साँंझ ५ बजे ल्योसिंद्य ढाल्ने तालिका छ । सार्वजनिक तालिका अनुसार आजको विस्का जात्राको क्रममा विहान ६ बजेदेखि नै सुरु भएको छ । विहान ६ बजेदेखि ११ बजेसम्म श्री भैरबनाथको पूजाआजा सम्पन्न गर्ने तालिका छ ।
सार्वजनिक गरिएको तालिका अनुसार बिहान ९ बजेदेखि विभिन्न गुठीअन्तर्गतका मठ–मन्दिरमा पूजा सम्पन्न गर्ने, दिउँसो विशेष पूजा तथा प्रसाद वितरण गर्ने, साथै बेलुका सम्बन्धित स्थानमा उपस्थित भई जात्रा सञ्चालन गर्ने कार्यक्रमहरू उल्लेख गरिएको छ। तालिकामा प्रहरी ब्यान्ड बाजासहित सहभागिता, गुठी कार्यालय तथा स्थानीय जनसमुदायको समन्वयमा कार्यक्रम सञ्चालन हुने व्यवस्था गरिएको देखिन्छ।
यस कार्यतालिकाले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। गुठी संस्थानले नेपालभरका मठ–मन्दिर, जात्रा तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले यस तालिका अनुसार कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।
