राति आठ बजे ठडियो विस्का जात्राका ल्योसिंद्य
चैत ३०, २०८२, सोमबार | राति ०८:२० बजे | 140
भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा सोमबा राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ । साँंझदेखि तान्न सुरु गरेको ल्योसिंद्य राति आठ बजे उठाउन सफल भएको हो । ल्योसिंद्य डोरीको सहायताले तानेर उठाउने गरिन्छ । प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा यसरी ल्योसिंद्य उठाउने गरिन्छ । ५५ हात लामो भएका कारण सयौ युवाले घण्टौ तानेपछि वल्ल उभ्याउन सकिने हुन्छ ।
ल्योसिंखेलमा ल्योसिंद्य उठाउने जात्रा हेर्न दिनभर हजारौको भीड लागेको थियो । जात्रा हेर्न भक्तपुरसहित मध्यपुर थिमि, काठमाडौ, ललितपुर, काभ्रेलगायतका ठाउँंहरुबाट हजारौ मानिस आएका थिए ।
उठाइएको यो ल्योसिंद्य भोलि बैशाख १ गते सांझ ढाल्ने गरिन्छ । आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु हो ।
