खो खो प्रतियोगितामा आर्मीको वर्चस्व
चैत ३०, २०८२, सोमबार | साँझ ०४:१६ बजे | 155
कीर्तिपुर, चैत ३० गते । नेपाल आर्मीले राष्टिय खो खो प्रतियोगिताको फाइलनमा दुबै समूहमा विजयी हुँदै ७५ हजारको पुरस्कार प्राप्त गरेका छन् । यहाँस्थित कभर्ड हलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर विजयी भएका हुन् । प्रतिस्पर्धात्मक खेलको चार सेटमा १६ अंकविरुद्ध नेपाल आर्मीले १९ अंकले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । महिला विधाको फाइनल खेलमा ४ अकंमा सिमित लुम्बिनी प्रदेशलाई महिला आर्मी समूहले १६ अकंको फराकिलो अन्तरले पराजित गरेको छ । दोश्रो भएका दुबै समूहका लुम्बिनी प्रदेशले ५० हजारको नगदसहित कप र मेडल प्राप्त गरेका छन् । यस्तै, दुबै विधामा बागमति प्रदेशले तेश्रो पुरस्कारसहित २५ हजारको नगद गरेको छ । पुरुषमा ५ अकं र महिलामा ४ अंकका विरुद्ध बागमतिका दुबै समूहटले १२ अकंले पराजित गरेको हो । बागमति प्रदेशले दुवै समूह र महिला समूहमा सातवटा समूहले प्रतिस्पर्धा गरेका छन् । यस्तै, वेष्ट चेसर र वेष्ट रनरलाई १० हजार पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो । दोश्रो विश्वकप खो खो प्रतियोगितामा महिला र पुरुष दुबैमा विधामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो । घ समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले पुरस्कृत भएका समूह र खेलाडीलाई आउँदा दिनमा खो खो खेलको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चारदिनसम्म सञ्चालित खेलमा पुरुष समूहमा नेपाली आर्मीसहित आठवटा पहिलो हुनसक्ने क्षमता अभिवृद्धिको लागि फलदायी हुने उहाँले बताउनुभयो । नेपाल खो खो संघका महासचिव शंकर महर्जनले विजयी खेलाडीलाई वधाई दिनुभएको समापन कार्यक्रममा अध्यक्ष प्रदिप महर्जन सभापति बन्नुभएको थियो । पहिलो विश्वकपमा नेपाल दुबै विधामा दोश्रो स्थानमा चित्त बुझाउनुपरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
