ध्यूसित खाना भातलाई
चैत ३०, २०८२, सोमबार | विहान ११:३८ बजे | 60
कुमार लघु,ख्वप
भक्तपुरमा आज विशेष तवरले पुरानो वर्षलाई विदा र नयाँ वर्षलाई स्वागत गर्न तम तयारीछन् । नभन्दै नेपाल मै नयाँ वर्षलाई आफ्नो स्थान र ठाउँ हेरी गक्ष अनुसार चाँडवाड मनाउने परम्परा रहेकाछन् । २०८२ लाई विदा र २०८३ साललाई भक्तपुरमा (ल्हा) हात नभएको लिङ्गो उठाउने विहान ९ वजेवाट सुभारम्भ हुने र सो लिङ्गो उठाई विस्का जात्रा हुन्छ । चैत २७ गते रथ तानेर पनि सुरू भएको जानकारी गर्दछु । यी जात्राहरू रमणिय पूर्ण हुन्छ । यसैले भक्तपुर भक्तहरूको नगर जिल्ला पनि हो । रथले चमत्कारी पूर्णरूपले स्वकमी, जात्रालुहरूलाई मन्त्र मुग्ध पारेर रथलाई गाहिटीमा थासे माने निश्चित स्थानमा पु-र्याई सकेको कुराको जानकारीका साथै आजै हात भएको जात्रा ल्योसिँद्य खला टोलमा वेलुका करिव ३ वजेवाट ठाउँ ठाउँका जिल्लावासीहरू भेला भई लिङ्गोलाई तानेर उभ्याईने छ । लिङ्गो करिव ५५ हातको हुने परम्परा कायम गरेको छ । आज लिङ्गो उभ्याउने खलामा जहाँ लिङ्गो उभ्याउने हो त्यहाँ गहिटीवाट रथ तानेर लग्ने कार्यक्रम पनि गम्भिर जात्रा छ। खलामा रथ पु-र्याई मात्र लिङ्गो उठाउने छ। जात्रा व्यस्थित गर्नेहरूले सम्पूर्ण कार्यक्रम तय गरेको हुनेछ । खलामा हेर्ने र जात्रा भर्नेहरू विशाल घुईचो लाग्ने छ । जात्रा भनेको रमाईलाे र त्राश पूर्ण नै हुन्छ त्यसैले सबैले आ आफै जोगिनुपर्छ । रथलाई हेर्न र तान्न वस्दा होश पु-र्याउनु पर्छ । रथले किच्न र लि्ङगोले असर गर्न सक्छ । अलि होस् पु-र्याउन्दा वेस है । हजुरहरूलाई विशेष अनुरोध हुलमुलमा सुन नलगाई जात्रामा सहभागी हुनुहुन् निवेदन छ। हुलमा लुटेर लान सक्छ । त्यसैले पूर्व तयारी र जोखिमवाट वच्नु होला । जात्रामा कसैले झगडा गर्न उक्साउन सक्छ है । खानपिन त आफ्नै सुरक्षित ठाउँमा गर्नु होला । पाकेटमारहरूदेखी र चोरहरूको विगविगी क्षेत्र हो । हुल र जात्रामा चोरहरूले माैकाको फाईदा उठाउन सक्छ । जात्रालाई जात्रामा जात्रा पनि मनाउन जान्नु पर्छ । आफैले राम्रो पार्ने हो सभ्य र भव्य तवरले चिन्ता मुक्त भएर घर भएको जोरेको खाना खाएर मनाउने हो । २०८२ साललाई विदा आज विशेष कार्यक्रम गरेर लिङ्गो उभ्याई र भोलि लिङ्गो ढालेर नयाँ वर्षलाई स्वागत गर्ने भक्तपुरमा कार्यक्रम छ । लिङ्गो उभ्याउन सरकारको तर्फवाट वैण्डवाजा खलामा दिनभरी वजाईन्थो । लिङ्गो उभ्याउन पनि हसे हाईसे भन्ने कहावत छ है लिङ्गोमा ८-१० वटा डोरीले मजवुटका साथ बाँडर सयाैँ जना पठाहरूले लिङ्गो बल भएकाहरूले तानिने छ र उभ्याई जात्रालाई उल्लासमय पूर्ण वनाउँनेछ । खाना भातलाई ध्युसित मोलेर खान जाने भात वा खाना खान जाने स्वादिष्ट हुने हो नत्र मेरो वाजेले ध्यू र भात खान्थो हात सुध्नु भने जस्तै मात्र हुन्छ जहान वच्चाहरू साथमा राखेर खाने हेर्ने र घुम्ने समय परिस्थिति सित गर्न जमने घमाईलो हुन्छ है । जात्रामा सहमति र समयलाई चिनेर मनाउने गराैँ है । भनाै यो जात्रामा २७ गतेदेखि बैशाख ५ गते सम्म नै हर्सो उल्लासका साथ टोल टोलमा पनि आज खट् जुटाइ र गणेशहरूको बोकेर घुमाई जात्रा मनाउँछ । बैशाख १ गते लिङ्गो ढालेपछि टोल टोलको गणेशको जात्रा मनाउने परम्परा अद्याबधि छ । हाम्रो सस्कृत्ति हामीआ आफ्ले हरेक नेपालीले मनाई जर्गेना गर्दा सस्कृति र रहनशहन जोगाउन नै नेपालीको परम्परा रहेको हुनुपर्छ । आजलाई लिङ्गो उभ्याउने जात्रामा सहभागी होआै भनी विदा लउन चाहेको छु। नयाँ वर्षको हार्दिक शुभकामना छ , २०८२/१२/३० गते
