मूर्ति जोगाएर कसरी मूर्ति पुजा गर्ने?
चैत ३०, २०८२, सोमबार | विहान ०७:४६ बजे | 230
प्रा.डा. धनरत्न शाक्य
बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ ।
हेड, अन्तर्राष्ट्रिय बायोइथिक्सको नेपाल एकाई
प्रसंग अनुसार पुजाको अर्थ विविध हुनसक्छ। पुजा गर्नुको एक सामान्य अर्थ हो- श्रध्दाले कुनै पुजनीय देवदेवी वा आदरणीय प्रतीक मूर्तिलाई पूजा सामग्री, साधन सहित वा मनमनै पुज्नु, सम्झनु वा प्रार्थना गर्नु । धर्म, सँस्कृति, परम्परा र चलन अनुसार पुजा गर्ने विधि, साधन, सामग्री, समय, दिन, पुजारी आदि कुराहरूमा धेरथोर भिन्नता देखिन्छ।
पूजा गरिने मूर्ति पनि स्थान विशेष र पृष्ठभूमि हेरी फरक देवताका र एउटै देउताका मूर्ति पनि फरक मुद्रा, कद, भाव, सामग्रीका हुने गर्दछन् । मूर्ति काठ, ढुङ्गा, पत्थर, धलौट, पित्तल, फलाम, स्टिल जस्ता धातु, माटो, ईंटा, सिमेन्ट, वनस्पतिजन्य सामग्री जस्तै छ्वाली, पराल, कपडा, सिसा, रबर, प्लास्टिक, कागज गरी प्राकृतिक, सिन्थेटिक वा मिश्रित गरी थरी थरीका हुन्छन्। कुनै मूर्ति अस्थायी र निश्चित अवधिको लागि बनाइन्छन् भने कुनै सदाकालका लागि प्राण प्रतिष्ठा गरी प्रतिस्थापना गरिन्छन् ।
यस्ता मूर्तिहरु मुलतः समाजको श्रद्धाको द्योतक हुनेगर्छ। सत्चरित्र, सुसन्देस, प्रेरणाको श्रोतको रुपमा प्रतीकात्मक सन्देश दिन्छन् यस्ता मूर्तिहरु। चरित्र निर्माण र मार्ग प्रशस्तिको सम्झना दिलाउँछन् मूर्तिहरु । प्रायः सबैजसो मानव सभ्यताहरुमा मूर्तिको प्रचलन रहिआएको पाइन्छ। भगवान् बुद्धले मन, जीवन र समाजलाई ट्रयाकमा राख्न शिल, समाधि, प्रज्ञा र ध्यान जस्ता आन्तरिक साध्य कुरामा जोड दिनुभयो। धर्म नै अगाडि बढ्ने माध्यमको रुपमा औंल्याउनु भयो । वहाँको महापरिनिर्वाणपछि यद्यपि बुद्ध, धर्म र संघ प्रतिको श्रद्धा र आस्था जगाईराख्ने समय सापेक्ष माध्यम स्वरुप बुद्ध मूर्ति संसारमा सर्वाधिक बने भनिन्छ ।
मूर्तिबाट चरित्र निर्माण र सद्जीविका र सदाचारका लागि प्रेरणा र सम्झना दिलाउने अभिप्राय: हासिल हुने मुख्य मत त छँदैछ। मूर्तिकलाले त्यस समय, कालखण्ड, समाज र सभ्यताको धरोहर, पहिचान र चित्रण पनि गर्दछ । यसले अरु कलाहरुले जस्तै निश्चित समाज, युग, स्थान र सिर्जना अनि सभ्यताको परिचय पनि दिन्छ। वास्तवमा मूर्ति र कुनै पनि कलामा कलाकारले निर्जीव वस्तुहरूमा ज्यान प्राण भर्ने र समाज, युग र भविष्यलाई नै पनि मार्ग, दिशा निर्देश गर्ने शक्तिसम्म हुन्छ । यसले मानिसको आशा, भरोसा, आस्था, विश्वास र एकताको लागि मानव मनलाई सदा प्रेरणा दिएको देखिन्छ।
कुनै एक समुदाय, समाजमा हेर्ने हो भने, हामी देख्न सक्छौं कि- पुजा नियमित दैनिक रुपमा गरिने र विशेष दिन र अवसर अवस्थामा वा उद्देश्यले पनि गरिन्छ। जसरी पूजा आफैंमा एक पवित्र काम, क्रिया वा प्रक्रिया हो, यस सँग सम्बन्धित हरेक पक्षहरु पनि त्यस्तै संवेदनशील र श्रद्धालु भक्तजनहरूको नजरमा महत्त्वपूर्ण हुने गर्छन् । वास्तवमा, जुन मूर्तिको पूजा गरिन्छ, त्यो झन् गरिमा र महत्वको हुने गर्छ र हुनुपर्छ। सामान्यतया पूजाका हरेक पक्षहरु र पुज्य देवता, मूर्ति सबै नै महत्वपूर्ण र अन्योन्याश्रित हुन् । यद्यपि जनजीवन र समाजमा यदाकदा आम मानिस र तिनका व्यवहार साधनमै अलमलिएको, अल्झिएको देखिन्छ। पूजाले पुजाआजा, आराधनाको प्रक्रिया परम्परा र गौरव अनि पुज्य देव मूर्तिको सम्बर्द्धन, संरक्षण र प्रवर्द्धन हुनुपर्ने हो। तर आमरूपमा यसो भएको देखिँदैन। पूजाआजाको अनुपयुक्त तरिका, त्यसमा प्रयोग हुने वस्तु तथा मूर्ति प्रतिको अज्ञानता र नैरास्यताले गर्दा मूर्तिहरुको विनास भैरहेको पनि देखिन्छ।
काष्ठकला, प्रस्तरकला, धातुकला, वास्तुकला, मूर्तिकला जस्ता कला नेपालमण्डल वा काठमाडौं उपत्यकाको सभ्यता, सँस्कृति, परम्पराको अभिन्न अंग रहिआएको छ । यस उपत्यकामा विविध किसिमका मूर्तिहरु देख्न, दर्शन गर्न पाइन्छ। रैथानेहरुको त ज्यानप्राण, गौरव र पहिचान त भैहाल्यो । यी जीवन्त, सजीव र अद्वितीय मूर्ति, मन्दिर, देवालय र बहाबहिको कारण नै हो मानव मात्रका लागि काठमाडौं उपत्यका मानव सिर्जना, सभ्यता र चेतनाको उच्च दिग्दर्शनको गन्तव्य बनेको छ । यसले मन्दिर मूर्तिको शहर भनेर सहि अर्थमा पहिचान बनाएको छ। पाइला पाइलामा भेटिने पुर्खाका यी धरोहर र नासो समयसँगै अब भने सम्बन्धित सबै पक्षको तर्फबाट ध्यान, संरक्षण र प्रवर्द्धनको पर्खाइमा पुगेको अवस्था छ ।
अरु बेला होस् वा चाडबाडको बेलामा होस्, पाइलैपिच्छे भेटिने मन्दिर, बहाल, मूर्ति समयसँगै घाम, पानी, बर्षा, असिना, धुलो, धुँवा, भुकम्प आदि जस्ता प्राकृतिक प्रक्रियाहरूले खिइने, टुक्रिने, नासिने त आफ्नो ठाउँमा छँदैछ। साथमा, श्रद्धालु भक्तजनहरूको अनुपयुक्त पुजाआजाको तरिका, लापरवाही र स्थानीय र सम्बन्धित सबैको नैरास्यपूर्ण व्यवहारले गर्दा झन् चाँडै खिइने, टुक्रा पर्ने, विनास हुने गर्दछ। चोरी पैठारी तथा लुकिछिपी अवाञ्छित कार्यले असंख्य ह
फाेटाेमा हेर्नुहाेस्...
