शिक्षा नियोजन गर्न बहुमत सरकार बनेको हो ?
चैत २९, २०८२, आइतबार | साँझ ०६:२३ बजे | 90
कुमार लघु,भक्तपुर
शिक्षा नियोजन गर्न बहुमत सरकार बनेको हो ? होईन् भन्ने किन नीजि स्कुल खारेजीको कुरा उठ्यो हो ? जेनतेन सस्तो फिमा उच्चतहको शिक्षा लिन सक्ने विध्यार्थी उत्पादनले किन सरकारलाई हात खुट्टा मुख दुख्यो ? के सरकारले वजेट दिन खोजेको हो ? सरकारसित त नीजि स्कूलले वजेट मागेको छैन् ? शिक्षा सबैको पाउने माैलिक अधिकार हो । शिक्षा नै नियोजन होईन् भने यो खारेजी किन ? के साम्राज्यवादी मुलुकमा नेपाली विध्यार्थी खतन पटन गर्न खोजेको त होईन् ? विगतको सरकारले पनि सरकारी स्कूलमा १२ कक्षा see पढेकै स्कूलमा पढ्न पर्ने गरे । त्यसले धेरै नेपाली विध्थार्थीहरू वाहिर पढ्न गए । नेपाली मुद्रा नेपाल मै रहने थियो सबै विदेशमा पढ्न पठाई साम्राज्यवादी देशले मुद्रा कमायो । देश नेपाल गरिव भई सुखा बन्यो । शिक्षामा नेपालीले पनि नीजि स्कूलमा गुणस्तरिय शिक्षा पाईरहेकोले नेपालका छोराछोरीहरूलाई उच्चशिक्षावाट वन्चित गर्नलाई यो कुप्रथा किन ल्याईयो । हजाराै लाखाै शिक्षाको वगैँचाहरू भत्काई कुन कस्को स्वार्थ पूर्ति गराउने नीति वन्द गर्छ के विग्रीन्छ । समय मै स्थानीय निकायलाई सल्लाह र विचार दिनु उचित हुने देखेको छु । एकातिर हजाराै लाखाै नीजि सक्ूलमा पढ्ने र अध्ययन गरिरहेको वचणचाहरू र अभिभावक तथा नीजि लगानी कर्ताहरूको शक्षामा भरहेको आतणमा बलमा किन चोट पु-र्याउन खोजेका हुन् । समयले मागेको हो नीजि स्कूलहरूको योगान देशले र सरकनरले उपयोग गर्ने चाहाना मनमा राखे देश ,जनता र सरकारको भलो हुने देखिन्छ । नीजिलाई खारेज गरेर खोइ केहि उपलव्धि हुनेछैन् । सरकारको नीजि स्कुल पनि बायाँ हात हो । सरकारी स्कूल दायाँ हो । सरकारले नीजि स्कूल खारेज गर्ने विषयमा पूनः विचार गरेर शिक्षा नीजि क्षेत्रले पनि मेहनत ,परिश्रम,नेपाली, नृपाल आमाको छोराछोरीलाई पढाउने अवसर दिनु पर्ने हो । समय वर्वाद र नचाहिने क्षेत्रमा ध्यान लगाउनुको सट्टा चाहिने क्षेत्रमा ध्यान केन्द्रीकृत गर्दा जनताको र सरकारको उन्नत्ति हुनेछ । यो देशमा नीजि क्षेत्रले विध्यार्थीहरू उत्पादन गरेर देशको अड्डा अफिस ,कार्यालय,उध्योग,देशको निम्ति योगदान दिईरहेको मनमा छाप परेकै छ होला । यसरी नीजि स्कूललाई खारेज गरेमा देशमा फेरि बेरोजगारीहरू वढ्नेछ । वेरोजगारीहरू वढेर देशमा खान पिन र भोकमरीको स्थिति सृजना हुन बेर लाउने छैन् । समय मै यस्ता विचारमा पून: विचार गरेर उन्नति गर्ने कदममा पाईला वढाए देश र सरकारको इज्जत माथी चोट लाग्ने छैन् । युवायुवतीहरूले अहिले ५० हजारले रोजगारी पाई सपरिवारले हात मुख जोडिराखेको समयमा यो बिठोल्नलाई यो नियोजन गर्ने सोचहरू कसरी उव्जियो । अन्तमा आजलाई शिक्षा विषयमा यही विचार राखेर विदा हुन्छु । आउँदै गरेको नयाँ वर्ष २०८३ सालको सबै पाठकहरूलाई विस्का जात्राको पनि हार्दिक शुभकामना भन्दै विदा हुन चाहेको मत जाहेर गरेर विदा हुन्छु । धन्यवाद २०८२/१२/२९ गते
