मोटरपार्क/बसपार्क बनाउन अधिग्रहण गरेको जग्गा बहुउद्देश्यीय भवन बनाउन उपयोग गर्ने भए साविकको जग्गाधनीले फिर्ता पाउने अवस्था हुन्छ 1


चैत २८, २०८२, शनिबार | दिउँसो १२:५७ बजे | 495


मोटरपार्क/बसपार्क बनाउन अधिग्रहण गरेको जग्गा बहुउद्देश्यीय भवन बनाउन उपयोग गर्ने भए साविकको जग्गाधनीले फिर्ता पाउने अवस्था हुन्छ 1

अधिवक्ता राज कुमार सुवाल, एल.एल.एम. वाैद्धिक सम्पत्ति कानुन

भक्तपुर नगरापालिकाबाट उपलव्ध सूचना साथ प्राप्त विपक्षी भक्तपुर नगरपालिकाबाट मिति २०८२।०२।११ को मिति २०८२।२।१३ गते .नं. ४०८२, .सं. यो.प्रा.शा. २२५÷२०८१÷८२ भक्तपुर नगरपालिकाको .. २०८२÷८३ को वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी बजेट व्यवस्था गरिदिने सम्वन्धमा श्री भौतिक पुर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश सरकार, हेटौडा, मकवानपुरलाई प्रेषित पत्र तथा भक्तपुर नगरपालिकाको .सं. ७१५, .नं. ८२० मिति २०८२।६।२४ को पत्रसाथ भक्तपुर नगरपालिकाको प्रमूख लगायतका कार्यपालिका पदाधिकारीहरुलाई निर्णयको प्रतिलिपी पठाएको बारे प्रेषित पत्रमा ..पा. कार्यपालिका बैठकको निर्णय जानकारी भनि सो तकोकिबा (नयाँ बसपार्क)मा बहुउद्देश्यीय भवन निर्माण कार्यको लागि रु.,८४,९८,७८७।५६ बजेट विनियोजन भएको निर्णय उपलव्ध गराएको अवस्था

भक्तपुर नगरापालिकाबाट उपलव्ध सूचना साथ प्राप्त उल्लेखित बहुउद्देश्यीय भवन निर्माणको सम्झौता अध्ययन गर्दा विपक्षी भक्तपुर नगरपालिका भट्टराई मातृभूमि जेभी, काठमाण्डौ विच मिति २०८२।१०।२२ मा सम्झौता भएको सोमा ..पा.को .. २०८२/८३ को संघीय सरकार शसर्त अनुदान .पा. बजेटबाट व्यहोर्ने गरी ..पा. वडा नं. स्थित Construction of Multipurpose Building at Takokiba (New Buspark) को ठेक्का नं. bktmun/NCB/works/04/082/83  गर्नको लागि २०८३।०२।३१ गते भित्र सम्पन्न गर्नुपर्ने गरि निर्माण सम्झौता भएको अवस्था

भक्तपुर नगरपालिकाले भक्तपुर जिल्ला भक्तपुर .पा. वडा नं. साविक वडा नं. १७क को कि.नं. १०७ क्षे.. , कि.नं. २५४ क्षे.. , कि.नं. २५५ क्षे.. १३ को जग्गा तकोकिवा (नयाँ बसपार्क) मोटरपार्कमा बहुउद्देश्यीय भवन निर्माणस्थललाई भक्तपुर नगरपालिका स्वयमले आफ्नो आधिकारीक वेवसाइट  https://bhaktapurmun.gov.np/  मा बस पार्क खुल्ला क्षेत्र को विवरण उल्लेख गरिएकोमा समेत भक्तपुर मिनिवस पार्क (पुरानो बाटो) भनेर उल्लेखित क्षेत्रलाई खुल्ला क्षेत्र बसपार्कको रुपमा उल्लेख गरिएको

भक्तपुर जिल्ला नेपाल कै भौगोलिक क्षेत्रका हिसावले सबैभन्दा सानो जिल्ला रहेको भक्तुर नगरपालिका समेत नेपाल कै भौगोलिक क्षेत्रका हिसावले सानो नगरपालिका हो यस्तो नगरपालिकामा खुल्ला क्षेत्र बसपार्कको महत्व उपादेयता विशिष्ट हुन्छ नगरक्षेत्र भित्र त्यो पनि पुरानो नगर क्षेत्रमा खुल्ला क्षेत्र बसपार्क मोटर पार्कको नर्या निर्माण व्यवस्थापन अत्ति नै चुनौतिपूर्ण रहेको भने सम्भवतः असम्भव जस्तै अवस्था रहेको बढ्दो शहरिकरण अनि भुकम्प, आगजनी जस्ता प्राकृतिक विपत्ति समेतको प्रसंगमा खुल्ला क्षेत्र बसपार्कको संरक्षण उपयोग अति सम्वेदनशील रहेको हुन्छ

यसरी मिति २०५७।४।१६ गतेको वडा समितिको नगरस्तरीय आयोजना निर्धारण गरिएको तर कार्यान्वयन हुन बाँकी निर्णयलाई भक्तपुर नगरपालिकाले के कुन मितिको आधिकारिक निर्णयले २०४२ सालमा मोटरपार्क निर्माणको लागि जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गरिएको जग्गा सो ऐनको दफा ३३   विपरित अधिग्रहण गरिएको प्रयोजन मोटरपार्क÷बसपार्क विपरित भक्तपुर नगरपालिकालाई आयआर्जन गर्ने प्रयोजनको बहुउद्देश्यीय भवन निर्माण गर्ने कार्य गर्न लागेको अवस्था , सो सम्वन्धमा अझै प्रष्ट हुन सकेको छैन दफा ३३ मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण स्वामित्व भएको संस्था मात्र यस ऐन बमोजिम प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो सो कामको लागि आवश्यक नपरेमा वा त्यस्तो काममा प्रयोग गरेर बढी हुन आएमा त्यसरी आवश्यक नपरेको वा बढी भएको जग्गालाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले भए अन्य कुनै सार्वजनिक काममा त्यस्तो संस्थाले भए दफा को उपदफा () मा तोकिएको कामहरुमध्ये कुनै काममा प्रयोग गर्न सक्नेछ भन्ने व्यवस्था गरिएको दफा ३४ मा आवश्यक नभएको जग्गा साविक जग्गावालाहरुलाई फिर्ता गर्नुपर्ने व्यवस्था गर्दै उपदफा () मा यस ऐन बमोजिम प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो, सो कामको लागि आवश्यक नपरि वा प्रयोग गरेर वढी हुन आएको जग्गा दफा ३३ बमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण स्वामित्व भएको संस्थाले अन्य काममा प्रयोग नगरेको त्यस्तो आवश्यक नपरेको वा बढी भएको जग्गा साविक जग्गावालालाई फिर्ता गरिदिनु पर्नेछ भन्ने व्यवस्था गरेको

यसरी भक्तपुर नगरपालिकाले मोटरपार्क÷बसपार्क प्रयोजनको लागि २०४२ सालमा जग्गा प्राप्ति ऐन २०३४ बमोजिम भक्तपुर बासी सर्वसाधारणको जग्गा अधिग्रहण गरिएकोमा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३३ विपरित उल्लेखित जग्गा मोटरपार्क÷बसपार्क प्रयोजनमा उपयोग भईरहेको जग्गा नगरपालिकाले आयआर्जन प्रयोजनको लागि बहुउद्देश्यीय भवन निर्माण गर्ने कार्य जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३३ विपरित उपयोग गर्ने अवस्था हुनुका साथै उल्लेखित बहुउद्देश्यीय भवन निर्माण गर्दा सार्वजनिक खुल्ला स्थानको समेत नष्ट हुन गई नगरपालिकालाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा () को () स्थानीयस्तरका विकास आयोजना तथा परियोजना सम्वन्धि व्यवस्था अन्तर्गत () मा संघीय तथा प्रदेश कानूनको अधिनमा रही शहरी विकास, वस्ती विकास भवन सम्वन्धी नीति, कानून, मापदण्ड तथा सो सम्वन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन नियमन गर्ने तथा () मा राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन नियमन () मा सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण मर्मत सम्भार तथा सञ्चालन व्यवस्थापन सम्वन्धि निर्देशित अधिकार विपक्षी भक्तपुर नगरपालिकालाई रहेको साथै दफा ११ को देहाय () मा विपद व्यवस्थापनका अधिकार समेतको दूरुपयोग गरि नगरभित्र आई पर्ने प्राकृतिक विपत्तिमा विपद व्यवस्थापनमा अनिवार्य अपरिहार्य खुल्ला क्षेत्र मासिने गरि २०५७ सालमा परिकल्पना गरिएको योजना कुनै आधिकारीक अध्ययन, कारण उद्देश्य विना नगरपालिकाले आयआर्जनको सिमित निहीत संकीर्ण उद्देश्य गैर कानुनी रुपमा पुर्ती गर्ने हेतु भक्तपुर नगरपालिकाले भक्तपुर जिल्ला भक्तपुर .पा. वडा नं. साविक वडा नं. १७क को कि.नं. १०७ क्षे.. , कि.नं. २५४ क्षे.. , कि.नं. २५५ क्षे.. १३ को जग्गा तकोकिवा (नयाँ बसपार्क) मोटरपार्कमा बहुउद्देश्यीय भवन निर्माण गर्ने प्रयोजनको लागि बसपार्कलागि अधिग्रहण गरिएको जग्गा बसपार्क प्रयोजनको लागि मात्र उपयोग गर्न बसपार्कको प्रयोजनको लागि आवश्यक नभएको वा बसपार्कको प्रयोजनको लागि बढी भएको भए बढि भएको जग्गा जग्गा प्राप्ति ऐन २०३४ को दफा ३४ बमोजिम साविक जग्गावालालाई कानुन बमोजिम प्रक्रीया अपनाई फिर्ता दिनपर्ने व्यवस्था हुँदा त्यस्तो जग्गा फिर्ता पाउने हक सो जग्गाको साविकको जग्गाधनीहरुलाई रहेको हुन्छ भक्तपुर नगरपालिकाले यसतर्फ पनि ध्यान दिने कि ?

 

Comments