विस्काजात्रा शान्तिपूर्णः थातेलात भैलख
चैत २८, २०८२, शनिबार | विहान १०:२६ बजे | 130
भक्तपुर । भक्तपुरको विस्काजात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जात्राको पहिलो दिन शुक्रबार भैलख (भैरबनाथको रथ) तान्ने क्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । विधि अनुसार भैलख गहिटी पुगेको छ । राति तीन बजे भैलख त्यहाँं पुरयाइएको हो । जात्राको पहिलो दिन भैलखलाई तानेर गहिटी पुरयाउने चलन छ ।
जात्राको पहिलो दिनलाई द्यो क्वह विज्याइगू भनिन्छ, जसको अर्थ देवता तल सवारी हुने भन्ने हो । जात्राको पहिलो दिन रथलाई सुरुमा तानेर थने अर्थात माथिलो भागमा पुरयाइएको थियो । रथलाई दतात्रयसम्म तानेर लगेको थियो । राति दस बजेसम्म इनाचो गोल्मढीमै थियो ।
रथ तान्ने क्रममा यो पटक झैझगडा हुन नपाएको जनाइएको छ । साथै ढुंगा हान्नेलगायतका उत्श्रृखंल गतिविधि पनि हुन नपाएको जनाइएको छ । विस्का जात्रा यसरी नै शान्तिपूर्ण होस् हाम्रो पनि शुभकामना ।
फाेटाेमा हेर्नुहाेस्...
