राष्टिय खो खो प्रतियोगिता शुरु, आर्मीको दुबै समूहको विजयी शुरुवात


चैत २७, २०८२, शुक्रबार | राति ०९:४३ बजे | 165


राष्टिय खो खो प्रतियोगिता शुरु, आर्मीको दुबै समूहको विजयी शुरुवात

कीर्तिपुर, चैत २७ गते । नेपाल आर्मीले राष्टिय खो खो प्रतियोगिताको उद्घाटन खेलमा पुरुष र महिला समूहले विजयी शुरुवात गरेका छन् । यहाँस्थित कभर्ड हलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर विजयी शुरुवात गरेका हुन् । ७ अकं प्राप्त गरेका बागमति प्रदेशविरुद्ध आर्मीले २८ अकंले पराजित गरेको छ । यस्तै, शून्य अकंमा सिमित कोशी प्रदेशलाई महिला आर्मी समूहले ४२ अकंको फराकिलो अन्तरले पराजित गरेको छ । यस्तै, प्रतिस्पर्धात्मक खेलमा १९ अकं प्राप्त गरेको कर्णाली प्रदेशलाई कोशीले २१ अंकको झिनो अन्तरले हराएको छ । महिला समूहको अन्य खेलमा २ अंक रहेको वागमति प्रदेशलाई १० अंकले लुम्बिनी प्रदेशले पराजित गरेको हो । 
चारदिनसम्म सञ्चालन हुने खेलमा पुरुष समूहमा आठवटा समूह र महिला समूहमा सातवटा समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्नुहुँदै उहाँले पछिल्लो समयमा खो खो खेलले विश्वमा नेपालको पहिचान र गौरव बढाएको बताउनुभयो । 
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रोलाई २५ हजार प्रदान गरिनेछ । यस्तै, वेष्ट चेसर र वेष्ट रनरलाई १० हजार पुरस्कार मेडल र प्रमाणपत्र प्रदान हुने नेपाल खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिनुभयो

Comments