निःशुल्क बेसिक कोर्स भलिबल प्रशिक्षण कार्यक्रम उद्घाटन
चैत २७, २०८२, शुक्रबार | दिउँसो १२:४९ बजे | 50
सूर्यविनायक नगरपालिका कार्यालय सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि सुर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको प्रमुख आथियतामा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्त वैद्यज्यू सूर्य विनायक युथ क्लबका अध्यक्षज्यू गाम्जा युथ क्लबका अध्यक्षज्यू यसैगरी सूर्यविनायक नगर खेलकुद समितिका सदस्य साथीहरू र भलिबल खेलप्रेमी उपस्थितिमा निःशुल्क बेसिक कोर्स भलिबल प्रशिक्षण कार्यक्रम उद्घाटन समारोह सम्पन्न गरियो उक्त भलिबल प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका 30 जना भलिबल खेलाडी भाइबहिनीहरूले सहभागिता जनाउनु भएको छ यस कार्यक्रमले भलिबल खेलप्रति आकर्षक र भलिबल खेललाई विकासका लागि लागि प्रशिक्षण गरेको आयोजक खेलकुद समिति का सदस्य सचिव दीपक थापाले जानकारी गराउनुभयो। साथै आउँदै गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको तयारीका लागि पनि यस प्रशिक्षण कार्यक्रम समितिले आयोजना गरेको जानकारी गराउनुभयो
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)