शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको सफल मृर्गौला प्रत्यारोपण
चैत २७, २०८२, शुक्रबार | विहान ११:०७ बजे | 90
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. कल्पना कुमारी श्रेष्ठ कार्यकारी निर्देशक पदमा बाहल भए पश्चात सफलता पूर्वक १०० जनाको मृर्गौला प्रत्यारोपण भई सकेको छ । प्रत्यारोपण कार्यको नेतृत्व युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले सम्हाली रहनु भएको छ । उहाँकै नेतृत्वमा ३१४ जनाको ल्याप नेफ्रेक्टोमी समेत भई सकेको छ ।
केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा हाल सम्म कूल १६०६ जनाको मृर्गौला र ३६ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ । सीमित स्रोत साधन हुँदाहुँदै पनि केन्द्रमा हप्ताको ४ देखि ६ जना व्यक्तिमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ र आ.व. २०८२÷८३ को अन्त्य सम्ममा २०० जनाको मृर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको कुरा प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेस श्रेष्ठले बताउनु भयो ।
नेपालको मानब अंग प्रत्यारोपण क्षेत्रमा केन्द्रले ऐतिहासिक उपलब्धिहरू हासिल गरिरहेको छ । केन्द्रको नेतृत्वमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण, एकै जाना व्यक्तिमा मिर्गौला तथा कलेजो प्रत्यारोपण, तथा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता उपलब्धिहरू केन्द्रले हासिल गरेको छन ।
यी उपलब्धीहरु हाँसील गर्न नेफ्रोलोजी विभागका डा लुसन सिंहको टिम, एनेस्थेसिया विभागका डा आरती राईको टिम, युरोलोजी विभागका डा. दिपेश श्रेष्ठको टिम, कार्डियोलोजि विभागका डा प्रवेश न्यौपानेको टिम, प्याथोलोजि विभागका डा सबिना श्रेष्ठको टिम, रेडियोलोजि विभागका डा कृष्ण बुढाथोकीको टिम, नर्सिङ्ग विभागका सनिशा कार्कीको टिम, ट्रान्सप्लान्ट कोर्डिनेटर, प्रशासन, फार्मेसी लगायत अन्य विभागमा कार्यरत कर्मचारीहरुको अथक प्रयासबाट भएको कुरा केन्द्रले जनाएको छ ।
प्रत्यारोपण क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशकै शिर उच्च पार्ने कार्य गरेको उल्लेख गर्नु हुँदै केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले अंग प्रत्यारोपण, सि.ए.पि.डि तथा हेमोडाइलाइसिस सेवालाई मुलुकको ७ प्रदेशमा विस्तार गर्न केन्द्रले योगदान पु¥याइ रहेको कुरा उल्लेख गर्नु भयो । कठिन अवस्थामा पनि जिवन संभव छ भन्ने उद्देश्यले नेपाल सकारबाट यो केन्द्र मानब अंग प्रत्यारोपणको लागि स्थापित देशको सबै भन्दा कान्छो विशिष्टीकृट संस्था भए पनि यसले देशमै सबैभन्दा धेरै करीब दुई तिहाइ प्रत्यारोपण गर्न सफल भएको कुरा समेत कार्यकारी निर्देशकले बताउनु भयो ।
