के युध्दविराम होला ?
चैत २७, २०८२, शुक्रबार | विहान १०:५७ बजे | 55
कुमार लघु,भक्तपुर युध्द विराम भन्नाले युध्द रोकिएको अवस्थालाई भनिन्छ । अब युध्द विराम भन्नाले त्यस्को ठिक उल्टो घमासान विश्र्वयुध्द निम्ति खतराको समय आउने हो कि ? भन्ने सबैको सोच अनुमान भैरहेको छ । विगत फ्रेबुवरीको ८ मा इरान , इजरायल र अमेरिकाको विचमा युध्द घोषणा अमेरिकाले पहिले सुरूवाट गरियो । इरान माथी अमेरिका र इजरायल मिलेर संसारलाई एक एक गर्द दादागिरी चलाउँदै लाने नियतले अमेरिकाको विकास निर्माण , आविष्कार,व्यापार जनता र देशकै भाैतिक सरचनाहरू क्षतविक्षत भयो। यो कुरा जनताको नजरले छिपेको छैन् । इरान , इजरायल , अमेरिका एक अर्कामा देस देखेर अर्को देशमा आक्रमण भएकोले गम्भिर भएकाछन् । लाखाै लाख जनताले युध्दको विरोध गरेकाछन्, विरोध गर्न बाहिरीएकाछन् । यी स्थितिले देश देशका शासकहरूले युध्द गर्नु कमजोरी र गलत भएको जनताले हिसाब कितावमा नाफामा शून्य भएको जाहेर गरेकाछन् । यसो भन्दा नि शान्तिमा अवतरण गर्नलाई वार्ता गर्ने भनी ध्वाङ फकेकाछन् । यसरी ध्वाङ फुकि पनि भित्र भित्र लडाकू , बम ,मिसाईल, रकेट,डोन , हवाई आक्रमण र स्थल सेनाको तम्म तयारी गर्न लागेको अनुमान गरेको हुन्छ । फेरि कुनै वुदाँले वार्ता नमिले फेरि युध्द विचैमा गरेको हुन्छ । शान्तिका निम्ति वार्ता नमिले पटक पटक वार्ता भंङ्ग हुने अड्कल बाजि विगतको लडाईको समयले याद गराउँदो रहेछ । ठुलठुला नेता,वार्तकार र राजनीतिज्ञहरूको विचार बाहिर ल्याएता पनि समय परिस्थिति ठिक विपरित भएकापनि छन् । जनताहरूले समयलाई नियाल्नु नै जाति हुने देखिन्छन् । देश देशका नेताहरूले देश अकालमा देह त्याग गरे अमेरिकाले इरानको धर्म गुरु आयोतोला खोमेनीको ज्यान लियो । अमेरिका खुसी भयो । इरानी जनताहरू दु:खले निराश भए तै पनि इरानी जनताले शोकलाई बलमा वदलेर देखाई दियो के हो तागत । अमेरिकाको अगाडि झुकेन मजवुटका साथ लडेर अमेरिकालाई हाँक दियो । अमेरिकालाई आछु आछु पारे । इरानले बदलाको भावले सानो राष्ट्ले डटेर लडे संसारलाई देखाइ दियो । इरानमा उच्च पदस्त व्यक्तित्वको ज्यान गयो । इरानी सरकारले शोकको ४० दिन विदा दियो । विदामा पनि लडाकूहरू चुप लागेर वसेन् । लड्नेहरू गतिशील भई साथै लडेर शत्रुलाई जवाफ दिईरहयो । इरानी जनता र सेनाले बम,वारूद,रकेट ,मिसाईल र डो्नहरू प्रयोग गरि आक्रमणकारी वनेर डिफेन्स गरेर पहरा बनी उभे । युध्दले कतिका परिवारहरू विते दुर्दशा भोग्न बाध्य भयो । यसले नै तेश्रो विश्र्वयुध्द होला कि होला कि जस्तो अनुमान गर्न थालेको थियो । शत्रु पक्षले अस्पताल विश्र्व विध्यालय, पुल शहरमा र अन्य जहाज,जनताका भवनहरूमा खरानी बनाई दियो । वैज्ञानिकहरूको आविष्कार केन्द्रहरू नै ध्वष्ट वनाई दियो । दुई तीन मुलुकहरू नराम्रो गरि पक्ष र विपक्षमा असर गरेकाछन् । पहिले जस्तै मुलुक उठ्न २० आै वर्ष लाग्नेछन् । आर्थिक रूपले आर्थिक श्रोतको तेलखानी भण्डारणहरू,वन्दरगाहहरू विक्षत वनाएकाछन् । वाटो पुल आधुनिक भवनहरू टैङ्क ,हातहतियारहरू वेठाउँमा प्रयोग भएकाछन् भन्ने जस्तो लागेकाछन् । यो कसैवाट छिपेको छैन् ।कति वैज्ञानिकहरूले संसारलाई नयाँ नयाँ त आविष्कारहरू दिएर समाजलाई चमत्कार देखाईन्थ्यो । आक्रमणले संसारवाट विदा भएकाछन् । कति परिवारहरू रोएको र जीवन भर आईमाईहरू एक्लो जिउन वाध्य भए । इरानवाट , इजरायल र अमेरिकाले पराजय भोग्न विवस भए। अमेरिकाले र इजरायलले ठूलो विपत्ति भोग्न परला भनेर डोनाल्ड ट्म्पले चलाख भएर इरानलाई युध्द विराम गर्न पाकिस्तानको पहलमा ४८ घण्टे अल्टिमेन्टम दिईर इरानलाई थर्काउन खोजे इरानले शिर झुकाएन् जल भए जल ,स्थल भए स्थल र आकाशवाट आकाशको वाटोवाट अमेरिका र इजरालको धमाधम क्षति पु-र्याई दिएकाले र इरानलाई सितिपिति हराउन नसक्ने देखेपछि नै युध्द विरामको कुरा अगाडि वढाई युध्दको अन्त्य गरि वाध्यपारी अमेरिका झुकेको हो । इजरायल पनि संसदमा विरोधि पक्षले नै राष्ट्पतिलाई हानाहान गरेको पिक्चर वाहिरिएको नै हेरेको र लेखेको संसार थाहा हुन आयो । तर अमेरिकाको कुरालाई मानेर विश्र्वका कुनै राष्ट्ले युध्दमा भाग लिएन् र मुश्किलले इजरायल र अन्तमा युक्रेनले पाईला राखे र अमेरिकालाई अरू मुलुकले साथ दिएन् । इरानको आक्रमणले इजरालले दु:ख कष्ट नै भोग्न प-र्यो ।नाटो राष्ट्हरूले त अमेरिकालाई कसैले साथ दिएन् । मध्यपूर्वमा आक्रमणले जनताहरू त्रसित भए । फाइदा भन्दा नि वढि भाैतिक संरचनाहरू खूव नोक्शान भएकाछन् । व्यापारको सर सामानहरू नाश भयो । ग्यास खानी जहाजहरू तेल भण्डारहरू खरानी भयो । व्यापार थ्याक बन्द भयो । नाफा भन्दा नि व्यापारमा घाटा नै भयो । स साना मुलकहरूले र जनताले ज्यान जोगान मात्र प्रलय भयो । अमेरिकाले कति वेला इरानलाई युध्दको धम्कि दिएर कहिले आएर रोकियो जनता,पत्रकार साहित्यकार, विध्यार्थी,राजनीतिज्ञले आ आफ्नो दैनिकीमा अभिलेख हुनुपर्छ। सुनुस् फेब्रुअरी ८ ,२०२६ मासुरू गरेर हिजो मार्च ८ मा नै झन्दै ३० दिनको दिन युध्द विरामको अमेरिका , इजरायल र इरानको विचमा अरू तथस्थ वसे । एक महिना रातदिन युध्दमा समय लियो ।युध्दलाई जनमानसमा प्रचार गर्न सामाजिक सञ्जालले व्यापक कहाँ कता के भयो भनेर फेस बुक्कदेखी पत्र पत्रिका रेडियो तथा पत्र पत्रिकामा हरवखत कही कतै सहयोग गर्छु भनेर धेरै मुलुकका स्वयम् सेवकहरू तयारी अवस्थामा रहेको थियो । यो परिक्षामा शक्तिशालि देशले विश्र्वलाई दवदवामा राख्न खोजेको इरान र अमेरिकाको युध्दले देखायो । एक्कासी ठुला राष्ट्ले भनेको मानेन् भनेर धावा बोलेर युध्द स्तरमा कुनै पनि वेलामा युध्दको माध्यमले आक्रमण र अपअहरण शैलिले, राजनीतिमा जस्को शक्ति उसैकै भक्ति अन्याय अत्याचार र डाका शैलीमा संसार सामू देखाई असत्यलाई साथमा लाजै पचाई काला कर्तुतहरू साकार पार्ने दिनले छोप्नेछन् । हेर्नुस् भेनेजुयलामा सार्वभाैम मुलुकका राष्ट्पतिलाई अपहरण गरेर अमेरिकामा बन्दी वनाई मुद्दामा फसाई जेलमा राखेकाछन्। यो अन्याय हो । २०८२/१२/२७
