भक्तपुरमा शुभकामना आदान(प्रदान, क्यालेण्डर विमोचन तथा तालिम समापन कार्यक्रम सम्पन्न


चैत २६, २०८२, बिहीबार | राति ०८:४६ बजे | 395


भक्तपुरमा शुभकामना आदान(प्रदान, क्यालेण्डर विमोचन तथा तालिम समापन कार्यक्रम सम्पन्न

भक्तपुर, २७ चैत २०८२
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था ९साकोस० को संयुक्त आयोजनामा बिस्का जात्रा एवं नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान(प्रदान, भित्ते पात्रो ९क्यालेण्डर० विमोचन तथा नेल आर्ट तालिमको प्रमाणपत्र वितरण कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यता सम्पन्न भएको छ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको  सभापतित्वमा भएको सो कार्यक्रममा सभापति श्रेष्ठले विस्का जात्रा नयाँ बर्ष २०८३ को शुभकामना दिनुहुन्दै उद्योग तथा वाणिज्य कार्यालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वैशाखमा मध्यपुरको निगु पुखूमा आयोजना हुने १४औँ घरेलु उत्पादन प्रवर्द्धन मेला अवलोकनका लागि सबैलाई निमन्त्रणा समेत दिनुभयो।
उक्त कार्यक्रममा प्रमुख अतिथि कुस्माले ूबिस्का जात्रा र नयाँ वर्षको शुभकामना व्यक्त गर्दै, नेल आर्ट तालिम लिने प्रशिक्षार्थीहरूले सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी उद्यमी बनेर आयआर्जनमा लाग्न आग्रह गर्दै व्यावसायिक सफलताको कामना गर्दछु।ूसाथै कार्यालयले बार्षिक कार्यक्रम अनुसार विभिन्न तालिम प्रदान गर्नुका साथै विभिन्न संघ सस्थाहरु सँग मिलेर पनि तालिम तथा अन्य विविध गतिविधिहरु गरिरहेको जानकारी गराउँदै प्रशिक्षार्थीको माग अनुसार पनि कार्यालयले तालिम प्रदान गर्ने भएकोले प्रशिक्षार्थीहरुलाई पनि के कस्ता तालिमको आवश्यक छ सो बारे कार्यालयलाई जानकारी गराउनु हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष एव केन्द्रिय सदस्य तथा गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले सिकेको सीपलाई घरबाटै सुरु गरेर सफल व्यवसायी बन्न सकिने सुझाव दिनुभयो।
त्यसैगरी भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण ग्वाछाले ग्वाछाले सहकारीले उद्यमीहरूका लागि प्रदान गर्दै आइरहेको सहुलियतपूर्ण कर्जाका बारेमा जानकारी दिँदै वित्तीय पहुँचको सदुपयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेल आर्ट तालिमका प्रशिक्षार्थी चन्दा खत्रीले तालिमबाट प्राप्त अनुभव सुनाउँदै सीपले आत्मविश्वास बढाएको बताउनुभयो भने कार्यक्रममा पूर्व अध्यक्षहरू राजु श्रेष्ठ र रामसुन्दर खाताखो लगायतले साना उद्योगको महत्त्व र स्वरोजगारका अवसरबारे आफ्नो धारणा राख्नुभएको थियो।तथा सचिव श्रीजना कक्षपतिले संघले गरिरहेका विविध गतिविधि र आगामी योजनाबारे प्रकाश पार्नुभयो। कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर घरेलु साकोसको क्यालेण्डर प्रमुख अतिथि तथा अतिथिहरुबाट संयुक्त रुपमा विमोचन गर्नुका साथै १५ दिने नेल आर्ट तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि कुस्माले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।


 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा शुभकामना आदान(प्रदान, क्यालेण्डर विमोचन तथा तालिम समापन कार्यक्रम सम्पन्न

Comments