ख्वप अस्पतालका सेवाग्राहीको प्रश्नः हामीले कहिले सहज सेवा पाउने ?
चैत २५, २०८२, बुधबार | राति ०८:३४ बजे | 205
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताल च्याम्हासिंहमा सेवा लिन आउने सेवाग्राहीहरुले सेवाका लागि लामो लाइन वस्नुपर्ने भन्दै दुःख व्यक्त गरेका छन् । हार्ड जोर्नी तथा नसा रोग कोठा नम्बर १०५ को सेवा लिन पुगेका एकजना विरामीले डाक्टरलाई भेट्न ८ विहान बजेदेखि लाइन बस्दा पनि ११ बज्दा पनि पालो नपाएको बताए । अस्पतालका सेवाग्राही अर्थात् बिरामीहरूले ३ घण्टा कुर्दा पनि पालो नआएपछि हैरान भएको उनले बताए । यसतर्फ नगरपालिका वा अस्पताल व्यवस्थापन समितिको ध्यान जानु ढिला भइसकेको छ, उनले भने, यसैले जनताको पिरमर्का बुझेर जनशक्ति थपेर सेवालाई चुस्तदुरुस्त पार्नु पर्दैन ?
बताइए अनुसार अस्पतालमा दैनिक झण्डै एक हजार विरामी आउने गर्दछन् । विशेष गरेर भक्तपुर नगरपालिका क्षेत्रका विरामी यो अस्पतालमा सेवाका लागि आउने गर्दछन् । यसका साथै चाँंगुनारायण नगरपालिकालिका क्षेत्रका विशेष गरी सुडाल, बागीश्वरी, ताथली, नगरकोट, छालिंगलगायतका नजिकका बस्तीका मासिन पनि यहाँं सेवाका लागि आएका हुन्छन् । अनुमानित रुपमा नगरकै भक्तपुर अस्पतालमा भन्दा कम विरामी हुने गरे पनि ख्वप अस्पतालमा सेवाका लागि तुलनात्मक रुपमा वढी समय लाग्ने गरेको विरामीहरु बताउँंछन् ।
फाेटाेमा हेर्नुहाेस्...
