भक्तपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
चैत २५, २०८२, बुधबार | साँझ ०५:१४ बजे | 185
भक्तपुर, चैत २५ — जिल्ला प्रहरी परिसर भक्तपुरले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चैत २४ गते साँझ करिब ६:३० बजे सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित एक चिया पसलमा लागूऔषध किनबेच भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ६.७१ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३० वर्षीय राजकुमार तामाङ र भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक घर भई हाल पाण्डुबजार बस्दै आएका ३७ वर्षीय प्रणय के.सी. रहेका छन्।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
