मोटरपार्क/बसपार्क बनाउन अधिग्रहण गरेको जग्गा बहुउद्देश्यीय भवन बनाउन उपयोग गर्ने भए साविकको जग्गाधनीले फिर्ता पाउने अवस्था हुन्छ


चैत २५, २०८२, बुधबार | विहान ०९:४६ बजे | 1500


मोटरपार्क/बसपार्क बनाउन अधिग्रहण गरेको जग्गा बहुउद्देश्यीय भवन बनाउन उपयोग गर्ने भए साविकको जग्गाधनीले फिर्ता पाउने अवस्था हुन्छ

अधिवक्ता राज कुमार सुवाल, एल.एल.एम. वाैद्धिक सम्पत्ति कानुन

भक्तपुर नगरपालिका साविक वडा नं. १७ हाल परिवर्तित वडा नं. तकोकिवा स्थित भक्तपुरबाट पुरानोबाटो नयाँठिमी हुँदै काठमाण्डौ चल्ने बस रुटको गाडी चल्न शुरु गरेको भक्तपुर नगर भित्रको बसपार्क मध्येको मूल आकारका हिसावले सम्भवत सबै भन्दा ठूलो बसपार्क विगत ४० (चालिस) बर्ष देखि निरन्तर सञ्चालनमा आइरहेको उपरोक्त बसपार्कको दक्षिणतर्फको क्षेत्रमा पहिले नै भक्तपुरबाट सञ्चालन हुने बससेवा प्रदायक संस्था भक्तपुर मिनिवस सेवा समिति को कार्यालय लगायतका वडास्तरिय प्रशासनिक सेवा प्रदान गर्न वडा कार्यालय तथा शिशुस्याहार केन्द्र लगायतका सेवा सुचारु गर्न दुई वटा भवन पहिले नै निर्माण भई हाल वडा तथा नगरवासीले सोबाट सेवा प्राप्त गरिरहेको अवस्था पनि रहेको तथापि सो बसपार्कमा हालसम्म पनि भक्तपुरबाट काठमाण्डौ भई यातायात सेवा सञ्चालन हुने बस लगायतको बसपार्कको रुपमा सर्वसाधारणले उपयोग गरि आएको

सो सम्वन्धमा भक्तपुर नगरपालिकाले उपलव्ध गराएको जानकारी अनुसार बहुउद्देश्यीय भवन निर्माणको आवश्यकता बारे नगरवासीहरुको अनुरोधलाई स्वीकारी वडा कार्यालयबाट मिति २०५७।४।१६ गते ..पा. नगरकार्यपालिका बैठकबाट सो बहुउद्देश्यीय भवन निर्माण गर्ने निर्णय भई मिति २०८२।१०।२३ मा भक्तपुर नगरपालिकाले भट्टराई मातृभूमि जेभी, काठमाण्डौलाई निर्माण कार्यको ठेक्का सम्झौता गरि दिएको अवस्था  

बहुउद्देश्यीय भवन निर्माण गर्ने भक्तपुर जिल्ला भक्तपुर .पा. वडा नं. साविक वडा नं. १७क को कि.नं. १०७ क्षे.. , कि.नं. २५४ क्षे.. , कि.नं. २५५ क्षे.. १३ को जग्गाहरु मध्ये कि.नं. १०७       नारायण भक्त बैद्यबाट कि.नं. २५४ कृष्ण भक्त चौगुठी समेतबाट कि.नं. २५५   विष्णुदेवी सुन्दरदेवीबाट भक्तपुर नगर पञ्चायत (हाल विपक्षी भक्तपुर नगरपालिका) का नाममा मिति २०४२।६।२ मा जिल्ला कार्यालय (हाल जिल्ला प्रशासन कार्यालय) ले मोटरपार्क बनाउने प्रयोजनको लागि अधिग्रहण गरि सोको पत्र मालपोत कार्यालयलाई पठाई जम्मा क्षेत्रफल जग्गा दाखेलखारेज गरेको भई सो जग्गाको श्रेस्तामा जग्गाको विवरणमा . जग्गाधनीः भक्तपुर नगरपञ्चायत, . विवरण आवादी, पोखरी, पर्ती आदीः मोटर पार्क, . मोहीको नामथरः मोटर पार्क उल्लेख गरिएको मध्ये हाल बहुउद्देश्यीय भवन निर्माण गरिन लागेको जग्गाको क्षेत्रफल मोटरपार्क/बसपार्कका लागि अधिग्रहण गरी .. प्रमाण पुर्जामा मोटरपार्क जनिएको जग्गाको करिव आधा क्षेत्र मासिने गरि उल्लेखित बहुउद्देश्यीय भवन निर्माण हुने अवस्था

उल्लेखित जग्गामा बहुउद्देश्यीय भवन निर्माणको लागिबहुउद्देश्यीय भवन निर्माणको आवश्यकता बारे नगरबासीहरुको अनुरोधलाई स्वीकारी वडा कार्यालयबाट योजना छनौट गरी मिति २०५७।४।१६ गते वडा समितिको निर्णय भएको माइन्युट तथा भवन निर्माणको लागि विद्युतको लाइन हटाउन विद्युत प्राधिकरणलाई पत्राचार गरेको पत्रप्राप्त भई सोको व्यहोरा अध्ययन गर्दा साविक १७ नं. वडा कार्यालय, ..पा.को .नं. १०० मिति २०५४।८।१९ को   विद्युत खम्वा तथा विद्युत लाइन तार सुधार गर्ने सम्वन्धि पत्र नेपाल विद्युत प्राधिकरण, भक्तपुर शाखा, भक्तपुरलाई पत्र प्रेषित गरेको भक्तपुर नगरपालिका  प्रशासन शाखा बोधार्थ भक्तपुर नगरपालिकामा .नं. ६८४२ मिति २०५४।९।२८ मा दर्ता भएको पत्रमायस १७ नं. वडाको मोटरपार्कको उत्तरतर्फको बाँकी रहेको जग्गामा बहुउद्देश्य भवन बनाउने योजना भएको हुँदा त्यस जग्गामाथिबाट ११ के.भी. विद्युत लाइन भएको सो लाइन पार्कको दक्षिण तर्फको बाटोको छेउवाट अरुलाई बाधा नपर्ने गरी विद्युत लाइन सुधार गर्न तथा मोटरपर्क संगैको चौबाटोमा रहेको ट्रान्सफारम तथा पोलबाट मोटर आवतजावत गर्न अप्ठेरो रहेकोले सो सुधार गर्न विद्युत प्राधिकरणमा पत्राचार भएको देखिएको जव की सो मोटरपार्कको जग्गामा बहुउद्देश्यीय भवन निर्माण सम्वन्धमा मिति २०५७।४।१५ गतेको सर्कुलर अनुसार आज मिति २०५७।४।१६ गते १७ नं. वडा कार्यालयको अध्यक्ष श्री ज्ञान बहादुर न्याइच्याई ज्युको अध्यक्षतामा वडा समितिको वैठक बसि वडा अध्यक्ष श्री ज्ञान बहादुर न्याइच्याई, वडा सदस्य  श्री कृष्ण माया मानन्धर, वडा सदस्य श्री लक्ष्मी भक्त खत्री, वडा सदस्य श्री कृष्ण बहादुर दुगुजु, वडा सदस्य श्री विश्वराज शिल्पकार, वडा सचिव श्री दामोदर लिवी समेतको उपस्थितिमा निर्णय नं. . योजनाको सुची पठाउने सम्वन्धि निर्णय भई सो निर्णयमा नगरस्तरिय योजनाको रुपमा प्रकरण () नयाँ मोटर पार्कमा बहुउद्देश्य भवन वा .पा.लाई आय आर्जन हुने भवन बनाउनु पर्ने भनि निर्णय गरिएको

Comments