सुथसिया निभाको कभर प्रतियोगीताको विजेता घोषणा


चैत २४, २०८२, मङ्गलबार | राति ०९:०१ बजे | 75


सुथसिया निभाको कभर प्रतियोगीताको विजेता घोषणा

काठमाडौं । गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीताको विजेता घोषणा भएको छ । कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसनले शनिवार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार विजेता घोषणा गरेको हो ।  
प्रतियोगीमा विजु श्रेष्ठ विजेता घोषित भएकी छन् । श्रेष्ठले प्रतियोगीतामा पहिलो हुँदै एउटा गीत रेकर्डिङको साथमा उक्त गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसर पाएकी छन् । प्रतियोगीतामा केशव तण्डुकार दोश्रो भए भने मीना प्रजापति तेश्रो भइन् । मोहन दास श्रेष्ठले सान्त्वना पुरस्कार जिते । तण्डुकार, प्रजापति र श्रेष्ठले पनि एउटा एउटा गीत रेकर्डिङ पुरस्कार जितेका छन् । 
प्रतियोगीता अवधिभर सहभागी मध्येमा फेसबुकमा सबैभन्दा लाइक गरिएकी सहभागी प्रतियोगी कृष्णा श्रेष्ठ र युट्युबमा सबैभन्दा बढि हेरिएको चनेलाल मानन्धरलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । कृष्णा श्रेष्ठको भिडियोलाई फेसबुकमा १३ सय भन्दा बढि लाइक थियो भने मानन्धरको भिडियो युट्युबमा ७ हजार ७८२ भ्यूज थियो ।
कार्यक्रममा विशेष सहभागीको रुपमा ४ वर्षीय सहभागी गौरव मणि शर्मा, ६ वर्षीय सहभागी निर्भिक अमात्य र ८ वर्षीय सहभागी सात्विक राज शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगीताको सबैभन्दा ज्येष्ठ सहभागी ७६ वर्षीया गौरीबाबा शर्मालाई पनि सम्मान गरिएको थियो । सैलेन्द्र थापा मगरलाई नेपालभाषी इतर सहभागीको रुपमा सम्मान गरिएको थियो । 
कन्फराक्टीभ मिडियाका अध्यक्ष साथै प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले लुकेका गायक प्रतिभाको खोजी गरी समाजको अगाडी ल्याउन प्रतियोगीताको आयोजना गरेको बताए । ईल्वहँ पब्लिकेशनका प्रमुख सन्चालन अधिकृत दर्शनबीर शाक्यले बुदिंया म्ये कासा प्रतियोगीता र छन्त जिगु माया मदुला प्रतियोगीता पछि सुथसिया निभाः म्ये कासाले नेवाः संगीत क्षेत्रलाई गति दिएको विचार राखे । कार्यक्रममा सुथसिया निभाः गीतका गायक श्रेष्ठको साथमा गायक सुरजबीर बज्राचार्य र भीम तुलाधरले गीत प्रस्तुत गरे भने मिनर्वा शर्मा राजोपाध्यायले चर्या नृत्य प्रस्तुत गरिन् ।

फाेटाेमा हेर्नुहाेस्...

सुथसिया निभाको कभर प्रतियोगीताको विजेता घोषणा

Comments