यी हुन् विस्का जात्रका लागि गरिएको पाँंच निर्णयहरु
चैत २४, २०८२, मङ्गलबार | साँझ ०५:४३ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिस्का जात्रा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।
बैठकका मुख्य निर्णयहरू यसप्रकार छन्
१. भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरुबाट हालसम्म भए गरेका तयारी बारे छलफल गरियो ।
२. बिस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न गुठी संस्थान भक्तपुरबाट तयार पारेको कार्य तालिका अनुसार मिति २०८२ चैत्र २७ गते दिनको ३ः०० बजे भैरवनाथको रथ तानी जात्रा शुरु गर्ने र साँझ ६ः०० बजे सम्पन्न गर्न सम्बन्धित सबैले आ–आफ्नो जिम्मवारीका पूजा–आजा, भजनलगायत सम्पूर्ण गतिविधि समयमै सम्पन्न गर्ने ।
३. बिस्का जात्रा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मिति २०८२ चैत्र २७ गते र मिति २०८३ बैशाख ५ गते भैरवनाथको रथ पूर्वमा सुकुलढोका बुलबुल हिटीसम्म र पश्चिममा नासमनासम्म मात्र लान सम्पूर्ण जनसमुदायमा अनुरोध गर्ने ।
४. बिस्का जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जनसमुदायमा अनुरोध गर्दै भक्तपुर नगरपालिकाबाट बिस्काजात्रा सम्बन्धी पर्चा वितरण गर्ने ।
५. भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्ष २०८३ सम्बन्धी शुभकामना याली र सभा देहायको मिति, समय र स्थानमा गर्ने ः मिति ः २०८२ चैत्र २७ गते, शुक्रबार याली सुरु हुने समय ः बिहान ७ः०० बजे याली सुरु हुने स्थान ः भ.न.पा १, इनागबाट (१ देखि ५ वडासम्मका सहभागीहरु) ः भ.न.पा ९, दत्तात्रयबाट (६ देखि १० वडासम्म सहभागीहरु) सभा हुने स्थान ः भ.न.पा ५, टौमढी
