भद्रगोल
फाल्गुन १६, २०७७, आइतबार | विहान ०९:२१ बजे | 25
—डा इन्दुल केसी, भक्तपुर
२०७७ फागुन १५ गते
ऐ खरायोको सिंङ खोज्नेहरु हो
बेकारको प्रयत्यन किन गर्दछौ यहाँं ?
अनैतिकतामा नै जन्मे हुर्केेका
नेताहरुमा नैतिकताको खोज ?
भद्रगोल —गोलमाल ।
आफना कुकर्म लुकाउन माहिरहरुसँंग
लाज सरम पचेका दलहरुसँंग
अनैतिक पदचापमा नाच्ने नटुवाहरुसँंग
नैतिकताको वोली व्यवहारको अपेक्षा ?
भद्रगोल —गोलमाल ।
जगजाहेर कुख्यातहरुको ताण्डब नृत्य
नैतिक अनैतिक छयासमिसे सम्हेवजी
काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर
घर समाज र देशकै लठालिग
भद्रगोल —गोलमाल ।
थरीथरीको झण्डा, समूह पार्टीहरु
कानै खाने नारा, झुठमुठको देखाउने आदर्श !
भाइ फुटे गवार लुटे
घर कलहले कुल नास देशै नास !
भद्रगोल —गोलमाल ।
—समाप्त