यो युग तिम्रै लागि ......


फाल्गुन १६, २०७७, आइतबार | विहान ०६:५० बजे | 30


                      कुमार लघु

जमाना फरक छ ,फरक शैलीमा जिउनु  
युवा तिमी देशको निम्ति लाग्नु 
देश तिम्रै लागि समर्पण रहेको 
यो वर्तमान तिम्रै लागि वर्तमान हो 
हिमालसेतामे मन,वचन,सेतामे भई देखाओ 
शत्रुले हाम्रो देश खानलिन खोजेकाछन्
वर्तमानले युवालई खोजेकाछन् 
त्यो हो देशको संरक्षक,नेपालीलाई माया गर्ने 
अग्रजले यो देशलाई युवाको निम्तिछोडे
नेपाललाई जनताको वनाई राख्नुछ,
परगरिले आँखा लाएकै छ 
नेपाली र नेपाल विश्वको उत्कृष्ट देश 
विश्को सगरमाथाको उच्चाईको रहेको पाहाडको 
अनेकौ बाहादुर सगरमाया चढ्न आउने 
र नामगिनिज वुकमा राख्नका लागि 
त्यसले यो देश हरेक युवाको लागि 
पर्वतको शोखिन रहेको अमूल्य मुटुकोटुक्रा 
यो देश हाम्रो नेपाल र नेपालीको युवाको
युवा ढुकढुकीले विश्वमा नाम चम्काउनु अझै छ 
वर्तमानले युवाहरूलाई खोजेकै छ .....
युवाहरूले देशकै लागि तयार रहनुछ 
वर्तमान तिम्रैलागि,वर्तमान युवाकोलागि  ।



Comments