मूल्यबृध्दि नियन्त्रण, प्रधानमन्त्रीलाइ सुझाव


चैत २२, २०८२, आइतबार | राति ०७:१६ बजे | 65


मूल्यबृध्दि नियन्त्रण, प्रधानमन्त्रीलाइ सुझाव

काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च २०२४) को अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले बढ्दो मूल्यवृद्धि नियन्त्रण र उपभोक्ता संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। मञ्चले पछिल्लो समय अत्यावश्यक वस्तु तथा सेवामा भएको मूल्यवृद्धिले सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेको जनाएको छ।

प्रेस विज्ञप्तिमा बजारमा कृत्रिम अभाव सिर्जना, कालोबजारी, कर तथा पूर्वाधार शुल्कजस्ता कारणले वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको उल्लेख गरिएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न सरकारलाई प्रभावकारी अनुगमन र नियमन गर्न आग्रह गरिएको छ।

मञ्चले विशेषगरी निम्न उपायहरू तत्काल लागू गर्न सुझाव दिएको छः

  • बजार अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्ने
  • मूल्य स्थिरीकरण कोष (Price Stabilization Fund) प्रभावकारी बनाउने
  • विद्युत् सवारी (EV) र इन्डक्सन जस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउने
  • उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने गरी नगद हस्तान्तरण (DBT) व्यवस्था लागू गर्ने

त्यस्तै, उपभोक्ताको अधिकार संरक्षणका लागि सम्बन्धित ऐन कानुन कडाइका साथ लागू गर्नुपर्ने, र अनियमितता गर्ने व्यापारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।

मञ्चले सुरक्षित वस्तु र विश्वस्त उपभोक्ताको अवधारणालाई व्यवहारमा उतार्न सरकार, निजी क्षेत्र र उपभोक्ता स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।

Comments