भक्तपुरमा जुवातास खेल्दै गरेका १९ जना पक्राउ


चैत २२, २०८२, आइतबार | दिउँसो ०१:२९ बजे | 750


भक्तपुरमा जुवातास खेल्दै गरेका १९ जना पक्राउ

भक्तपुर, चैत २१ — भक्तपुर जिल्ला का विभिन्न स्थानमा जुवातास खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर १९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगाती बाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १० बुक तास र नगद रु. ७१,४५५ (एकहत्तर हजार चार सय पचपन्न रुपैयाँ) बरामद गरिएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Comments