अनुशासन ?
चैत २२, २०८२, आइतबार | विहान १०:०८ बजे | 90
कुमार लघु,भक्तपुर
अनुशासन भनेको नियम नीति भित्र वस्नु ,कार्य गर्नु गराउनु ,चल्नु चलाउनु र गति दिएर अगाडि वढ्नुलाई अनुशासन भनिन्छ । घरमा समय मै उठ्नु वसनु विध्यार्थीले पढ्नु लेख्नु होम वर्क गर्नु,समय मै खानाखानु समय अनुसार चल्न सक्नु भनाईको तात्पर्य लाई नै साधारण तवरले अनुशासन मानेर परिवार र विध्यार्थीहरू दैनिक रूपले अगाडि वढिरहेको अनुभव मैले लिएको छु । अभिभावक ज्यूहरू ,विज्ञ, विशिष्ट माहानु भावहरूको विचारमा अनुशासनको परिभाषा फरक हुन सक्छ । हाम्रा नानी बाबुहरूलाई र परिवारबाट सदस्यहरूलाई घर घरवाट नै अनुशासनको वारेमा प्रशिक्षित गर्न नपुगेको आभास भै रहेको छ । आज मैले साधारण तवरले एक जना विध्यार्थी र एक जना परिवारले मात्र निभाउनु पर्ने अनुशासनको वारेमा मात्र अवगत गराउने र त्यहि उद्देश्यले सबैले नियम पालना गरे समाजमा केही नागरिकहरूमा जीवन व्यवस्थित होला भन्ने मनले सोचेको छु । आजलाई विध्यार्थीले पालना गर्नु पर्ने भूमिकामा फेरि प्रवेश गर्दर्छु । सर्वप्रथम विध्यार्थीको कर्तव्य भनेको घरमा उठि सकेपछि घरका आमा बुबालाई दैनिक रूपमा नमस्कार भनुपर्छ । आमा बुबाले चियाको वन्दोवस्त गर्नु भएको खाजा खाएर दैनिक पाठ अभ्यासमा लाग्नु नै अनिवार्य छ । आमा बुबाले सधै भनिरहन नपर्ने गरि नै स्कूलवाट दिएको गृहकार्य गरेमा आमा बुबा खुसि हुनुहुनेछ । यहि हो भाइ बहिनीहरू आफ्नो काम आफैले गर्ने भनेको यसले गर्दा स्कूलमा र घरमा आमाबुबाले सन्तानहरू देखेर गाैरव गर्ने ठाउँको वन्दोवस्त सबै विध्यार्थीहरूले निभाउनु नै पर्ने कार्य । विध्यार्थी यसले गर्दा नै भविष्यको हकदार हुन खोज्ने खुड्किला निर्माण हुन्दै जानेछ । परिवारले वालवालिकाहरूलाई भविष्यमा हने कुराहरूको वारेमा भनसुन् गर्नुपर्छ । आमा बुबाहरू भविष्यका ज्ञाता वन्नु पर्छ भनाईको अर्थ भविष्यको वारेमा आफूहरू पनि कल्पनाशील हुनुपर्ने रहेको छ । भविष्यमा के होला, कस्तो होला अरू देशको दाजु भाईले गरेको कुराले विज्ञान,नयाँ नयाँ आविष्कारकोले सन्तानहरूलाई सुसज्जित पार्नुपर्छ । जतिसुकै समय नभए पनि समय मिलाई वालवालिका र युवा युवतीहरूसित भूतकाल, वर्तमान काल र भविष्यको वारेमा वेला बखत हप्तामा एक पटक वा दिनको दिन ५-१० मिनेट छलफल कुराकानी गर्नैपर्छ । समय कठिन आउँन सक्छ । कठिनवाट वच्नलाई हरबखत तयारी अवस्थामा वर्ष र समय जवान हेरी छलफल गर्नु अनिवार्य छ । मेरो विचारमा शिक्षक शिक्षिका र आमा बुबाहरूले भविष्यमा हुने कुराहरू कतिपय वालवालिकाहरूलाई जीवन यसरी व्यवस्थित गर्नु पर्ने हुन्छ भनेर बोध गर्न नसकेको हो कि भने अनुमान रहयो । साथै नानी बाबुहरूले कथा,कविता,निबन्ध गित,पदयात्रा विवरणहरू ,उपन्यास, कविता गजल, नियात्रा लेख, उखान टुक्काहरूको विष्लेशनको कुरा मनमा नलिएकोले नै विध्यार्थीहरू अनुशासनको बाटो वा टा्यकबाट अलि पर गएको आभासहरू उव्जिरहेको छ । हरेक अभिभावकले स्कूलवाट के गरे, के गर्दैछ ,के गर्न दिनु पर्ने हो ? आदि इत्यादि कुराहरू घरमा नगर्ने र गराउन नसके सन्तानहरू यस्तो हनु पर्ने यसो हुनु पर्ने के हो कसो हो कुरा बुझाउन र बुझाउने प्रयास हुनु पर्ने जस्तो लाग्छ । हाम्रा वालवालिकाहरू नै हाम्रा भविष्य हुन् । शिक्षकहरूले पनि स्कूलको अनुशासनमा राख्न अनिवार्य छ। स्कूलको विध्यार्थीहरू हेरेर नै स्कूलको चिन्तन र स्तरलाई मापन गर्ने रहेको कुरालाई मनन गर्नु हुन् अनुरोध गर्दछु । सबै शिक्षकहरूले समाजमा विध्यार्थीहरू यस्तो अनुशासनमा बसे इज्जतको ख्याल हुन्छ । लेख्नु पर्ने बुझाउनु पर्ने पहिलो सुरूवाट मै कक्षा मिलाई हलमा राखेर स्कूलको नियम फलो गर्नु पर्ने र समाज भनेको के हो ? स्कूल र घरमा आमा बुबाले सन्तानहरू यस्ता टोलले चाहको हुन्छ । हामीले आमाबुबाको चाहना अनुरूप दिनको दिन विस्तारै सुन्दर भविष्यको कल्पनामा हामीले हिड्न वस्न सिकाउनु पर्ने अवस्थाको बोध स्कूलले महिना महिनामा कक्षा लिन लगाई प्रशिक्षण गरि रहनु अनिवार्य छ । त्यसले गर्दा विध्यार्थीहरूमा अनुशासनमा रहनुपर्ने रहेछ भन्ने भावनाको विकास हुन्छ । हरेक दिन पुस्तकालयमा बसेर कथा,कविता निवन्ध,गित,यात्रा सस्मरण ,महान पुरूषहरूको जिवनी,गजल पढ्न लगाई के बुझे कस्तो असर प-र्यो कस्तो चित दुखेको छ । कथा पढ्दा के अनुभव मनमा आयो आदी कुराहरू बो अभ्यास सुन दिने सुनाउन दिने गर्नुपर्छ । यही हो परेर भन्दा पढेर बुझ्नेअवसर हुन्छ र लिन दिने अवसरको माैका प्रदान गर्ने गर्नु पर्छ । परिवारले पनि आफ्ना बच्चाहरू अरूका सन्तानहरूसित तुलना गर्नुपर्छ । अरूका छोराछोरी कसरी सोझोसिधा पढाईया , अध्ययनशील , सहयोगी भावुक छन् । आफ्ना छोराछोरी किन सभ्य भएन् चिन्तन गर्नु अणिवार्य छ। घरमा वस्ने वातावरण वन्दोवस्त अभिभावकले मिलाई दिने गर्नुपर्छ । कहाँ वसेर पढ्ने, कति घण्टा पढ्ने,लेख्ने टिभी हेर्ने समाचार हेर्ने ,रमाईलो गर्ने र आमाबुबासित गफसफ गर्ने देश विदेशको र स्कूलको आदी । अन्तमा अहिले परीक्षा सकेको छ के गर्छ के गर्न दिने कहाँ पठाई चरित्र विकास गर्न दिने कथा कविता ,निबन्ध गित, यात्रा विवरण , यद् यात्रा गराउने ,गजल लेख्ने ठाउँमा पठाउने ,खेलकूदमा अनुशासित वनाउने , कविता उपन्यास पढ्न दिन समय अहिले पनि हो । दिनको एक पटक ज्ञान ज्योति पुस्तकालयमा पढ्न पठाउने गरेकोे कार्यले गर्दा हाम्रा छोराछोरीहरूमा एक हप्तामा नै परिवर्तन गराउने समय आजको दिन देखि पनि लागू गर्न सकिन्छ । अन्तमा आजलाई मैले देखेको बुझेको कुरा लेखी तपाईहरू अगाडि राखे । विदा हुन चाहे नमस्कार । २०८२/१२/२२ गते,
