सहकारी सामाजिक तथा आर्थिक रूपान्तरणको एक महत्वपूर्ण माध्यम


चैत २१, २०८२, शनिबार | साँझ ०६:२६ बजे | 55


सहकारी सामाजिक तथा आर्थिक रूपान्तरणको एक महत्वपूर्ण माध्यम

भक्तपुर, २१ चैत । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा मिठाई तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सल्लाहकार एवम् अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार सहकारीको सभाकक्ष जगातिमा सम्पन्न भयो ।

प्रमुख अतिथि रामकृष्ण प्रजापतिले आज यस गरिमामय कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुन पाउनु अत्यन्तै खुशी र गौरवको विषय भएको बताउनुभयो । उहाँले विशेषगरी, सहकारीले आयोजना गरेको यस मिठाई तालिमको सफल समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी हुन पाउँदा म अत्यन्त हर्षित भएको बताउनुभयो । उहाँले सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, यो सामाजिक तथा आर्थिक रूपान्तरणको एक महत्वपूर्ण माध्यम भएको आजको यस तालिमले त्यो तथ्यलाई पुनः प्रमाणित भएको बताउनुभयो । उहाँले यहाँ प्रदान गरिएको सीपमूलक ज्ञानले सहभागीहरूलाई आत्मनिर्भर बन्न, साना उद्यम सञ्चालन गर्न, तथा परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले विशेष गरी हाम्रो नेपाली परम्परागत मिठाई हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएका परिकार भएको बताउँदै यस्ता परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सकियो भने यसले रोजगारी सिर्जना मात्र होइन, स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्‍याउनेछ भन्नुभयो ।उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना गर्नुहोस्, अरूलाई पनि सिकाउनुहोस्, र समाजमा सकारात्मक परिवर्तन ल्याउनुहोस् भन्ने मेरो अपेक्षा लिएको बताउनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजल्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा  ज्ञान जति बाड्यो त्यति नै बढ्ने बताउनुभयो । कोषाध्यक्ष साजन कसपालले स्वागत मन्तव्य दिनुहुँदै सीप विना जीवन अपुरो र स्वरोजगारमा टेवाका साथै हाइजेनिक खान पाउने बताउँदै सहकारीले विभित्र तालिम दिइरहेको जानकारी दिनुभयो । उहाँले सिकेको सीप व्यबहारमा उतारे पूर्णता पाउने बताउनुभयो । कार्यक्रम संस्थाका व्यवस्थापक दयाराम तजलेले संचालन गर्नु भएको कार्यक्रममा सल्लाहकार रामकृष्ण छुस्यावागले पनि बोल्नु भएको थियो । १७ जना प्रशिक्षार्थी सहभागी भएकोमा प्रशिक्षक रुपेश महतोले प्रशिक्षण दिनुभयो ।

Comments