सहकारी संचालन गर्न संचालक समिति सक्षम र चनाखो हुनुपर्ने
चैत २०, २०८२, शुक्रबार | राति ०७:१७ बजे | 80
भक्तपुर, कमलविनायक बचत तथा ऋण सहाकरी संस्था लि. को अर्धवार्षिक समीक्षा एक कार्यक्रम बिच २०८२/ १२/ १९ गते बिहिबार लाम्चा फल्चा स्थित थकालि चिकेन स्टेसनको सभा हलमा भक्तपुर नगर पालिका १० वडाका वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको प्रमुख उपस्थितिमा बेलटुकरी ५:०० सम्पन्न गरियो। प्रमुख अतिथि ह्यौमिखाले वर्तमान समयमा सहकारी संचालन गर्न संचालक समिति सक्षम र चनाखो हुनु पर्ने कुरामा जोड दिनु भयो। सहकारीलाई मागी खाने भाँडो, ठगी खाने माध्यम का रूप केही ठगहरूले आफ्नो हित अनुरूप संचालन गरेकोले समुदायमा आधारित सहकारी संचालनमा कठिनाई भएको कुरा उल्लेख गर्नु भयो । जिल्ला बचत तथा ऋण सहकारी संघका प्रबन्धक बाल कृष्ण ध्वँजुका अनुरुप हरेक सहकारीले आफ्नो बार्षिक तथा बहुबार्षिक कार्य योजना बनाई त्रैमासिक समिक्षा गरी सहकारी संचालनबाट सम्पुर्ण सदस्य प्रत्यक्ष लांभावित हुने गतिविधि एवं कार्यक्रम अघि बढाउनु पर्ने कुरा औल्याउनु भयो। उक्त कार्यक्रमा संकलित सुझावहरु संस्था संचालन गर्न आवश्यक संचालन समितिको निर्णयबाट कार्यान्वयनमा लाग्ने संचालन समितिका सचिवले भन्नु भयो । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार राजा राम तेजले, कृष्ण प्रसाद लाखा, अध्यक्ष सुनिल मगजु, सचिव लक्ष्मी प्रसाद चवाल र प्रबन्धक नारायण प्रसाद ह्यौमिखाले संस्थाको प्रगति विवरण पेशा गर्नु भयो ।
फाेटाेमा हेर्नुहाेस्...
