सन्दर्भ : पश्चिममाहरुको संस्कृति अप्रीलफुल
चैत १८, २०८२, बुधबार | विहान १०:२१ बजे | 185
आज अङ्ग्रेजी तारीखको April- 1 हो। यो प्रायः April Fools' Day का रूपमा चिनिन्छ। यस दिन मानिसहरू एक अर्का लाई मजाक गरेर रमाइलो गर्छन्। येस्को इतिहास हेर्दा फ्रान्सको पात्रो परिवर्तन १५८२ मा Gregorian calendar adoption लागू भएपछि नयाँ वर्ष जनवरी १ मा सारिएको रहेछ।तर पुरानो पात्रो अनुसार अप्रिल १ तिर नयाँ वर्ष मनाउने मानिसहरूलाई अरूले मजाक गर्न थाले। उनीहरूलाई “April fools” भनिन्थ्यो। रोमन र युरोपेली परम्परा प्राचीन Ancient Rome मा “Hilaria” भन्ने पर्वमा मानिसहरू भेष बदलेर रमाइलो गर्थे अरे। त्यस्तै युरोप का विभिन्न देशहरूमा वसन्त ऋतुको सुरुवात संगै हाँसो–मजाक गर्ने परम्परा रहेछ। हुनत यो मनाउँने हाम्रो संस्कृति होइन। तर पनि यो हिजोआज हाम्रो समाजमा लोकप्रिय हुँदै गई रहेको छ। मलाई के लाग्छ भने यो दुनियाँमा कोहि पनि सत प्रतिशत विद्वान हुदैनन् , न त कोहि मूर्ख। कुनै पनि मानिस केही जान्ने ,केहि न केही मूर्ख हुन्छ नै। कसैको विद्वता कसैको नजरमा मूर्खता हुन्छ भने कसैको मूर्खता कसैको नजरमा विद्वता पनि हुन्छ । मूर्खता र विद्वता भन्ने कुरा मानिसको स्वभामा भर पर्छ होला। मूर्खता र विद्वता पढाइ लेखाइमा मात्र निर्भर हुन्छ भन्ने मलाई लाग्दैन । आजसम्म मूर्खता र विद्वता नाप्ने न कुनै वैज्ञानिक यन्त्र छ , न त जाती , धर्म , नस्ल , ज्ञान ,भूगोल , पद , पैसा ले निर्धारण गर्ने कुरा हो। अन्त्यमा मूर्खता हरेक मनुष्यले आफ्नो जिवनकालमा धेरै पटक गरिरहेका हुन्छन्।
