समदर्शीमा गरियो विदाई कार्यक्रम
चैत १७, २०८२, मङ्गलबार | साँझ ०५:३३ बजे | 105
भक्तपुर
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा सोमबार महेश्वरीस्थित संस्थाको सभाकक्षमा समीक्षा तथा विदाई कार्यक्रम सम्पन्न भयो ।
प्रमुख अतिथि सस्थापक अध्यक्ष श्री हरिराम लवजूले सहकारीले नीति नियममा बसेर सुरक्षित लगानी गर्नुुपर्ने बताउनुभयो । अर्थतन्त्रमा सोचे अनुरुप सुधार भइनसकेको कारणले संस्थाले लक्ष्य अनुरुप प्रगति नभए पनि सुरक्षित अवस्थामा नै रहेको बताउनुभयो । संस्थाका अध्यक्ष श्री विश्वबहादुर दुवालले सबैको साथ र सहयोगले निरन्तर प्रयास गर्दै रहेको कारणले संस्था राम्रो अवस्थामा रहेको बताउनुभयो । कार्यक्रमका अतिथि निवर्तमान अध्यक्ष श्री रामकृष्ण मानन्धर, लेखा सु.समिति संयोजक श्री कृष्णराम दुवाल , सल्लाहकार समिति संयोजक श्री विश्वमोहन जोशीले र कान्छा प्रजापतिले आ–आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष श्री विश्वबहादर दुवालको सभातित्वमा सम्पन्न कार्यक्रममा ऋण अधिकृत कान्छा प्रजापतिको विदाई कार्यक्रम गरिएको थियो । सचिब श्री लक्ष्मीप्रसाद प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कोषाध्यक्ष श्री प्रमिला रंजितले स्वागत गर्नुभएको थियो । आ.ब. २०८२÷८३ को श्रावण देखि फागुन महिना सम्मको प्रगति प्रतिवेदन सहायक व्यवस्थापक श्री उमा प्रजापतिले प्रस्तुत गनुभयो ।
कार्यक्रममा सञ्चालक समिति,लेखा समिति,सल्लाहकार समिति, उपसमिति ,संस्थापक र ब्यवस्थापनका कर्मचारीहरु लगायत ५० जनाको सहभागिता रहेको थियो ।
