संघमा गरियो स्वागत


चैत १५, २०८२, आइतबार | राति ०८:१८ बजे | 160


संघमा गरियो स्वागत

भक्तपुर घरेलु तथा साना उद्योग संघले उद्योग तथा बाणिज्य कार्यालयमा अधिकृत छैटौ पदमा पदभार ग्रहण गर्नुभएका राजेन्द्र सुवेदीलाई संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मायाको चिनो प्रदान गर्दै संघमा स्वागत तथा भक्तपुरमा पदभार ग्रहण गर्नुभएकोमा बधाई तथा शुभकामना व्यक गरियो ।सो अवसरमा अधिकृत राजेन्द्र सुवेदीले संघमा स्वागत गर्नुभएकमा आभार व्यक्त गर्दै भक्तपुर घरेलु तथा साना उद्योग संघले विगत देखि नै कार्यालयसँगको नजिक रहेर विभिन्न गतिविधिहरु गरिरहेकोमा खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा पनि संघसग हातमालो गर्दै आगाडि जाने बताउनु भयो । त्यसैगरी महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला आर्थिक रुपले सवल भए समाज र देशको आर्थिक उन्ततिको लागि टेवा पुग्ने भएकोले राज्यबाट महिला उद्यमीहरुलोई विभिन्न सुविधा दिईरहेको हुनाले उद्यमी बनी सो सेवा सुविधा लिनु पर्ने र सो कार्यको लागि सघको सधै साथ र सहयोग हुन्दै विभिन्न कार्यक्रमको लागि सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा उद्योग तथा बाणिज्य कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

Comments