एक महिने व्युटि पार्लर तालिम शुरु


चैत १५, २०८२, आइतबार | राति ०७:१३ बजे | 125


एक महिने व्युटि पार्लर तालिम शुरु

मिति २०८२ चैत्र १५ गते ,आईतबार ,

बागमति प्रदेश, उद्योग, बाणिज्य, भुमी तथा प्रशासन मन्त्रालय ,उद्योग ,बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय ,उद्योग तथा बाणिज्य कार्यालयको आर्थिक बर्ष २०८२।०८३ को स्विकृत कार्यक्रम अन्तर्गत उद्योग तथा बाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सीपमूलक तालिम अन्तर्गत एक महिने आधारभुत व्युटी पार्लर तालिम भक्तपुर घरेलु तथा साना उद्योग संघको आजबाट शुरु भयो ।

उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि  उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले बागमति प्रदेश सरकार अन्तर्गत उद्योग तथा बाणिज्य कार्यालयबाट विभिन्न तालिम दिई रहेको जानकारी गराउनु हुन्दै  तालिम मात्र तालिमको लागि नभई उद्यमी तथा रोजगारीको लागि तालिम लिनुपर्ने बताउनु हुन्दै तालिम लिई उद्योग संचालन गरि सरकारबाट प्रदान गरिने विभिन्न सुविधाहरु लिन अनुरोध गर्नुभयो । साथै उहाँले नेपाल सरकार, बागमति प्रदेश सरकार र स्थानीय निकायबाट पनि कोही पनि नेपालीहरु सीप विहिन हुन नपरोस भनी विभिन्न तालिकहरु दिईरहेको जानकारी गराउनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य एव भक्तपुर घरेलु तथा साना उद्योग संघका पुर्व अध्यक्ष विरेन्द्र जतिले उद्योगले उद्योग व्यवशाय गर्दा कानुनी प्रावधानमा रहेर संचालन गर्नुपर्ने तथा व्युटि पार्लर मानिसको शरिर सँग प्रतक्ष्य सरोकार राख्ने व्यवशाय भएकोले गुणस्तीय सामानहरुमात्र प्रयोग गर्नु पर्ने जानकारी गराउनु भयो । संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले संघको उद्देश्य र संघले गरिरहेको विभिन्न गतिविधिहरुबारे जानकारी गराउनुको  साथै तालिम सिकेर उद्यमी बन्न अनुरोध गर्नुभयो। प्रशिक्षक सुमित्रा श्रेष्ठले तालिम अवधिभर अनुशासित भई नियमित रुपमा कक्षामा सहभागी हुन प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै एकमहिनामा सकेसम्म धेरै सिकाउने प्रयाग गर्ने बताउनु भयो  ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्व भएको सो कार्यक्रममा सभापति श्रेष्ठले उद्योग तथा बाणिज्य कार्यालयबाट विगत देखि नै विभिन्न कार्यक्रमहरुको सहकार्य गर्ने अवसर दिनु भएकोमा कार्यालय प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै सहकार्य हुने विश्वास व्यक्त आधारभुत व्युटिपार्लर सिकेका प्रशिक्षार्थीले माग गरेको खण्डमा अर्को आर्थिक बर्षको बजेट एडभान्स तालिमको लागि संघले सहकार्य गर्ने बताउनु भयो ।

Comments