नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
चैत १४, २०८२, शनिबार | साँझ ०४:२८ बजे | 155
भक्तपुर, चैत १५ — Lions International अन्तर्गत Leo District Council 325 G Nepal को आयोजनामा आज भक्तपुरको कमलबिनायक–कमलपोखरी क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाहरूको सुगर जाँच, प्रेसर जाँच, दाँत जाँच तथा शरीरको उचाइ–तौल अनुपात (BMI) जाँच गरिएको थियो। शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने धेरैले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। कार्यक्रम Leo Club of Bhaktapur Suryabinayak, Leo Club of Bhaktapur Kedareswor, Lions Club of Kathmandu Radiance Doctors र Leo Club of Kathmandu Radiance Medical Students को संयुक्त आयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ। कार्यक्रम आज बिहान ७ बजेदेखि सञ्चालन भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
