नगर प्रमुखले ‘बर्थ डे’ मा खुत्रुके फुटाएर कोष स्थापना


फाल्गुन १५, २०७७, शनिबार | विहान ०८:३४ बजे | 25


सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकाका नगर प्रमुख  खड्ग खत्रीले जन्मदिनको अवसरमा कोष स्थापना गरेका छन् । शनिवार बिहान जन्मदिनको अवसर पारेर उहाँले ४ लाख ५७ हजार ७२० रुपैयाँको कोष कोषको स्थापना गर्नुभएको छ  । विभिन्न कार्यक्रममा प्राप्त भत्तावापतको प्राप्त रकम खुत्रुकेमा जम्मा गर्नभएको थियो  । सो खुत्रुके आज फोरेर हेर्दा जम्मा भएको ४ लाख ५७ हजार ७२० रुपैयाँको कोष स्थापना गर्नुभएको छ । सो कोषको नाम खड्ग–शान्ता प्रवद्र्धन कोष राखिएको छ ।  कोष आफू मातहत नराखी एक संस्थाको रुपमा स्थापना गरेका छन  । जसको अध्यक्षमा सूर्य पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा उहाँकै  छोरी अम्बिका खत्री रहेका छन  । आजै सो रकम कोषका अध्यक्ष पाख्रिनलाई हस्तान्तरण गरेका छन  । कोषबाट प्राप्त व्याजबाट स्वास्थ्य, शिक्षा र वातावरणमा सहयोग गर्दै जाने जानकारी दिइएको छ ।

Comments