नेट आर्ट तालिम शुरु


चैत १०, २०८२, मङ्गलबार | साँझ ०५:१४ बजे | 170


नेट आर्ट तालिम शुरु

बागमति प्रदेश, उद्योग, बाणिज्य, भुमी तथा प्रशासन मन्त्रालय ,उद्योग ,बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय ,उद्योग तथा बाणिज्य कार्यालयको आर्थिक बर्ष २०८२।०८३ को स्विकृत कार्यक्रम अन्तर्गत उद्योग तथा बाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सीपमूलक तालिम अन्तर्गत१५ दिने एडभान्स नेल आर्ट तालिम भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालयका आजबाट शुरु भयो ।

उक्त उद्घाटन समारोहमा  प्रमुख अतिथि बागमति प्रदेशका माननीय सकुन्तला श्रेष्ठले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सुझाव दिनु हुन्दैं सिकेको सीपलाई समाजमा अन्य दिदीबहिनीहरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो । उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयबाट यस आर्थिक बर्ष २०८२/०८३ मा संचालन गरेका तथा संचालन गरिने विभिन्न तालिम कार्यक्रमबारे जानकारी गराउनु भयो । भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले संघको उद्देश्य र संघले गरिरहेको विभिन्न गतिविधिहरुबारे जानकारी गराउनुको  साथै तालिम सिकेर उद्यमी बन्न अनुरोध गर्नुभयो। प्रशिक्षक सृजना कक्षपतिले तालिम अवधिभर अनुशासित भई नियमित रुपमा कक्षामा सहभागी हुन प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै नेल आर्टको बजारमा धेरै माग भएको कारण सीप सिकेर रोजगार सजिलो पाउन सकिने जानकारी गराउनु भयो ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्व भएको सो कार्यक्रममा सभापति श्रेष्ठले उद्योग तथा बाणिज्य कार्यालयबाट विगत देखि नै विभिन्न कार्यक्रमहरुको सहकार्य गर्ने अवसर दिनु भएकोमा कार्यालय प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला आर्थिक रुपले सवल भए समाज र देशको आर्थिक उन्ततिकोलागि टेवा पुग्ने भएकोले राज्यबाट महिला उद्यमीहरुलोई विभिन्न सुविधा दिईरहेको हुनाले उद्यमी बनी सो सेवा सुविधा लिनु पर्ने र सो कार्यको लागि सघको सधै साथ र सहयोग हुने कुरा बताउनु भयो ।

 

Comments