सिद्धार्थ पब्लिकको अभिभावक दिवस सम्पन्न


चैत ६, २०८२, शुक्रबार | राति ०७:२१ बजे | 120


सिद्धार्थ पब्लिकको अभिभावक दिवस सम्पन्न

माधव घिमिरे 'अटल'

सिद्धार्थ पब्लिक एकेडेमीको वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम राजधानीस्थित सांस्कृतिक संस्थानमा सुसम्पन्न भएको छ । वरिष्ठ संस्कृतिविद् तथा विद्वत् व्यक्तित्व प्रा•डा• प्रेमकुमार खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राइजिङ एकेडेमीका प्राचार्य कुमार बहादुर भट्टराई, अर्बना स्कुलका अध्यक्ष भगवान् कार्की, शिक्षा मन्त्रालयका उपसचिव दिनेश देवकोटा, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, कामपा - २८ का वडाध्यक्ष भाइराम खड्गी, बाल बिकास सङ्घका प्रमुख कार्यकारी अधिकृत तेजु नेपाल लगायत अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि प्रा•डा• प्रेमकुमार खत्रीद्वारा पानसमा दीप प्रज्वलन गरी समुद्घाटित उक्त कार्यक्रममा प्रिन्सिपल अञ्जु थापाले विद्यालयका गतिविधि, आईसीटीले ल्याएको सकारात्मक परिवर्तन, मेन्टल एबाकसले थपेको ऊर्जाशीलता, राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा विद्यालयले हासिल गरेको लोभलाग्दो नतिजा जस्ता विषयमा आफ्नो मन्तव्य राख्नुभयो । राष्ट्रिय संस्कृति प्रवर्धन गर्ने खाले नेवारी नृत्य, डन्डिया नृत्य, लोक नृत्य, कत्थक नृत्य, मारुनी नृत्य प्रस्तुत गरिएको थियो भने गीत प्रस्तुति तथा नाटक मञ्चन लगायत विविध कार्यक्रम प्रस्तुत गरिएका थिए । माधव घिमिरे 'अटल' तथा सञ्जु अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि खत्रीले उपस्थित सबै अभिभावक तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गर्नुभएको थियो ।

Comments