मध्यपुर थिमिमा सम्मानका लागि नामावली माग
चैत ६, २०८२, शुक्रबार | दिउँसो ०३:५८ बजे | 115
Madhyapur Thimi Municipality ले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्ने तयारी गरेको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कला, संस्कृति, भाषा संरक्षण तथा प्रवर्द्धन, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक तथा सम्मान प्राप्त गरेका व्यक्तिहरूको नामावली माग गरेको जनाएको छ।
सूचनाअनुसार वडा क्षेत्रभित्र बसोबास गर्ने यस्ता योग्य व्यक्तिहरूको विवरण निर्धारित मिति (२०८२/१२/०९ भित्र) वडा कार्यालयमा लिखित रूपमा बुझाउन अनुरोध गरिएको छ।
नगरपालिकाले सबै सरोकारवाला तथा वडा बासिन्दालाई समयमै नाम सिफारिस गरी सहयोग गर्न अपिल गरेको छ।
यस प्रकारका कार्यक्रममार्फत स्थानीय प्रतिभाको पहिचान र सम्मान गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको नगरपालिकाको भनाइ छ।
फाेटाेमा हेर्नुहाेस्...
