कासनका मासु पसलमा अनुगमन
फाल्गुन १४, २०७७, शुक्रबार | विहान ०९:३८ बजे | 20
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कासान व्यासीमा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा स्थानीयहरुको मासु पसलहरु खासै सुधार भएको नपाईएको बताउनु भयो ।मासु व्यवसायीहरुले विग्रेको मासुबाट बढी रोगहरु निम्तिने भएकोले फ्रोजन मासु स्वास्थ्यको लागि लाभ दायक भएकोले फ्रोजन बिना मासु खान नहुने प्रचार प्रसार गर्नु पर्ने बताएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।अुनगमनमा कालीका कोल्ड स्टोर दर्ता नविकरण गर्न, एस एस बि मिट प्रडक्ट प्याकेजिङ्ग लेबलको टाग भित्र स्टिकर टाँसेको मेटेर गएको पाइएको, नमस्ते नेपाल मःमः लेबल हात लेखि स्टिकर टाँसेको पाईएकोले प्याकेट मै मेसिनले छापी लेवल राख्न र लेबल हातले लेखेको र स्टिकर प्रयोग भएको सामान बेच विखन नगर्न, सरसफाईमा ध्यान दिन, मासु काट्ने औजारहरु सफा राख्न निर्देशन दियो । रामेछाप कोल्ड स्टोर सुधार भएको पाइएपनि तराजू नापतौल विभागमा नविकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । संजिब मिट सपमा पसल नविकरण गर्नुपर्ने, पसलमा सरसफाईमा ध्यान दिनु पर्ने, फ्रिज सफा गर्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्नुपर्ने, भुईभित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल टायल राख्नु पर्ने, मासु काट्ने औजार सफा राख्नुपर्ने निर्देशन दिई विग्रेको मासु ६ किलो ८०० ग्राम जफत गरी नष्ट गरेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।भक्तपुर फ्रेस एग हाउस एण्ड अण्डा सप्लायर्स दर्ता नविकरण गर्नु पर्ने, मुल्य सूचि राख्नुपर्ने, एप्रोन सेतो प्रयोग गर्नु पर्ने, भुई भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल टायल राख्नुपर्ने, पसल व्यवस्थित संचालन गर्न निर्देशन दियो । पि एस मिट सप दर्ता नविकरण गर्नु पर्ने, तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, पसल सरसफाई गर्नुपर्ने र मुल्य सुचि राख्नुपर्ने निर्देशन दियो ।जय काली मिट सप पसल ०६८÷०६९ देखि नविकरण नभएकोले सिघ्र नविकरण गर्नुपर्ने, तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, पसल अति नै फोहर देखिएकोले सरसफाईमा ध्यान दिन र पसल व्यवस्थित गर्नुपर्ने, भुई भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल टायल राख्नु पर्ने, फ्रिज सफा गर्नु पर्ने, मासु जालीले छोपेर राख्ने वा सिसाको बाकस बनाई धुलो र झिंगा नभन्किने गरी व्यवस्थित गर्नु पर्ने निर्देशन दियो ।अनुगमनमा सदस्य रोशन मैया सुवाल, उद्योग बाणिज्य संघ भक्तपुरका बिश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक सञ्जिब कोजू र पशु सेवा कार्यालय भक्तपुरका लालमाया तामाङ्ग सहभागी थियो ।