भोलाछें आन्दोलनः बचत रकम फिर्ता


चैत १, २०८२, आइतबार | दिउँसो ०३:५६ बजे | 2230


भोलाछें आन्दोलनः बचत रकम फिर्ता

भक्तपुर । अनन्त बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायक भक्तपुरले वचत रकम फिर्ता दिन थालेको छ । यसअघिको प्रतिवद्धता अनुसार प्रति वचतकर्तालाई दसदस हजार बचत रकम फिर्ता गरेको जनाइएको छ । 
संस्थाका अध्यक्ष कृतन प्रजापतिले आइतबार नै संस्थाको फेसबुक पेजबाट आफूहरु वचत रकम खाएर नभाग्ने र कार्यालय दैनिक रुपमा खुल्ला रहने विश्वास दिलाएका छन् । सहकारीको नौ करोडमध्ये सात करोड फिर्ता दिइसकेको र अव बाँंकी रहेको दुई करोड पनि फिर्ता दिने प्रतिवद्धता उनले फेसबुकमार्फत् गराएका छन् । हाल साढे दुई करोड वढी प्रवाह भएको श्रृण उठाउन बाँंकी रहेको जनाउँंदै उनले श्रृण पनि उठाउँंदै लाने र वचत पनि फिर्ता गर्दै जाने योजना सुनाए । 
यसअघि शुक्रबार सो संस्थाका अध्यक्ष कृतन प्रजापतिले आइतबार बचतकर्ताहरुलाई दसदस हजार रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए । उनले भक्तपुर नगरपालिका वडा नं ६ भोलाछेंको वडा कार्यालय परिसरमा लिखित रुपमा सो प्रतिवद्धता जनाएका थिए । त्यसबेला १७ जना वचतकर्ताहरुले रकम फिर्ताको लिखित माग पेश गरिएको थियो । 
यसअघि त्यहाँं बचतकर्ताहरुले आफूहरुको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलन गरेका थिए । दिनभरको घेराउ आन्दोलनपछि साँंझ सहमतिमा पुगेर टुंगेको थियो । 
भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवाल, सदस्यहरु गोविन्द दुवाल, रोशनीमैयाँं सुवाललगायतको रोहबरमा लिखित सहमति भएको थियो । लिखित सहमतिपछि अध्यक्ष प्रजापतिलाई छोडिएको थियो । त्यो बेला ६ महिनापछि सवै बचत रकम फिर्ता दिने प्रतिवद्धता पनि प्रजापतिले गरेका थिए । सवैको बचत रकम फिर्ता गरेपछि मात्रै वडाले प्रजापतिको वडाले दिनुपर्ने सिफारिस दिने वडा अध्यक्ष हरिराम सुवालले जनाइका छन् ।

Comments