जनताले मत नदिएको होईन


फाल्गुन २८, २०८२, बिहीबार | राति ०७:०१ बजे | 180


जनताले मत नदिएको होईन

कमार लघु, ख्वप,नेपाल

मतदाताहरूमा विषेश धन्यवाद छ , यो फागुण महिनाको २१ गते चुनाव भएको थियो । चुनावले सफलता पायो । मेरो भक्तपुर नगर र चाँगु नगरपालिका क्षेत्र १ नंम्वरमा राम्रो मतदाताहरूले मत खसाल्नु भयो । सब‌ै मतदाताहरूले आ आफना पक्षले जिताउने आकाँक्षाले मतदानमा सरिक भएर मतदान गर्नु भएकोमा मतदाताहरूलाई विशेष विशेष धन्यवाद छ। कति मेरा भाइ बहिनी दाजु भाइ ,सहोदर मित्रहरूले र मैले लेखेका लेख रचनाहरू हेरेर आमा बुबा बाजे र मित्रहरूलाई र दिदीहरूलाई मत यो वर्ष मादलमा राख्नु पर्छ भनेर भन्नु भएको मेरो कानले सुनेको छु । अर्का भाइ कलेजमा अध्ययनरत्तकाले एक दिन अगाबै नै सर अहिले माहोल त ठिक छ । तर ऊनीहरूले पैसा वाँडलान है होस् गर्न दिनुपर्छ भनेको पनि याद छ । कतै उम्मेवारहरूले भन्दा नि अर्क‌ै समूहले पैसा देशभरी नै वाँडेर मत संकलन गर्न भ्याएको हो कि शंका लाग्न थालेको छ । कसैको पनि ३०-४० हजार घटि मत नपाएको छैन् एकमत झै जित्नेहरूले मत पाउन सक्यो । जित्ने समूहले भनेको नेपाली जनतालाई छाप पर्नेगरी के काम गरे ? मलाई त सोध्ने आँट आयो । ठिकै छ । राम्रा काम त अहिले गर्न खोज्ने होला ? पहिले नै एसपिपी पास गर्ने कि भन्ने हल्ला फ‌ैलाएकाछन् । यिनीहरूको आन्दोलनमा गुण्डगर्दी गर्ने नै उतिवेला नै उम्मेदवारको टिकट लिन कति ठाउँमा देश र सार्वजनिक सस्थाको भवनहरू जलाएको र हातहतियार लुट्ने र भवन जलाएकाहरूले टिकट पाएर जितेको हल्ला खोई कति साँचो हो ? अरू कतै जान परेन उसले नै तक्मा पाएको फेस बुक्कमा देखेको हेनुपर्छ । जनताको चाहना नेमकिपाले पनि भक्तपुर नगरपालिकमा जस्तो मत लिने दिने ठाउँमा पनि जस्तै चाँगु नगरपालिकाको क्षेत्रमा भक्तपुर नगरमा जस्तै विकासको चाहाना राखेको र नेमकिपाले वास्ता गरेन् भन्ने गुणासो आयो है । अहिले पनि वडा नंम्वर ६ वडाको वडा अध्यक्षले कानुन र वडाको नियम अनुसार गर्न हुने सिफारिस गरि नदिन्दा जनताको विरोध सहनु नपर्ने वनाउदा फाईदा नै हुने थियो । कुनै पनि वडावासीलाई चित्त नदुखाएको भए मत नघट्ने हो । १ मत वा भोट घट्नु भनेको २ घट्नु हो । १०० घट्नु भनेको तुलनात्मक रूपमा २०० सय घट्नु हो । खोइ पछि आउने समस्यावाट जोगिन पहिले नै होस् पु-र्याउनु पर्ने होईन् र ? सम्वन्धित निकायले वेलैमा ध्यान दिनु पर्ने हो । ६ वडाकाले मात्र होईन् अरू कसैले जनताको मनलाई दुखाउन दिनु हुन्दैन् भन्ने मेरो सोच हो । जनताको आवाज नेमकिपाले पाईरहेकोमा विविध कारणले जितवाट हात घुनुपर्णाको कारण देखियो । नेमकिपाले देश र जनताको सेवा गरेर नेपालको राजनैतिक दवूमा वाहीवाही पाईरहेको पार्टीले हार्नुर हार बेहोर्नु पर्दा अलिकति मन निन्याउरो लाग्नु स्वभाविक हो । जितिरहेको ठाउँमा नजितेपछि अलि अप्थाोरो हुन्छ नहुनु पर्ने अप्थारो हटाउनलाई सत्य तथ्यमा रहेर जनताको नि:शुल्क सेवा गर्ने गर्नुपर्छ । मेरो दाईले बरोबर भन्नु हुन्थो । विगतमा वडा अध्यक्ष भएर नागरिकता दिन सिफारिस दिन वर्षाै रोकि राखेको हुनाले पार्टीले कार्यवाही गरेको थियो भनेर मलाई कोठा चोटा वैठकमा बरोबर भनेको यादले त्यो र यो फेस बुक्कको या खासै त्यस्तो आउँला भने विगतामा याद दिलाएको हो कि भनेर सम्झना आईरहेको छ । माननीय ज्यूले आफ्नो तर्फ आएको वजेटको कुनै आफ्नो क्षेत्रमा जनताले देखिने गरीकन काम जनतालाई मेरो वजेटले ठूलो काम सक्याएको छु भनेर भनेको भए जनताले गुणासो नगर्ने थियो होला । मलाई पनि एक मित्रले भनेको वेलामा माननीय ज्यूले हेरेर गर्ने हो भनेको थिए । फेर त्यो मित्रले कुनै म तिर गुणासो पोखेको पाईन् । कहि त्यो बाटो पुरै ढलान गरेर सबैले देख्ने गरेको हुनुपर्छ । जनताले पार्टी प्रती धर्म निभाएकाछन् । जनताले नेमकिपालाई मत वा भोट दिएर पार्टीलाई सघाएको थियो । यहाँ अरू पार्टीकाले भोट नलिएको र लिन नसेको कारणले नेमकिपाले आर्को चुनावलाई मेहनत गर्नु पर्ने देखियो । कार्यकर्ताहरू हर वखत जनताको नजिक रहेर जनतालाई नीति निर्देशन गर्दै साथमा रहिरहनु हुन मेरो पनि सल्लाह छ । जहाँ जसले कमि कमजोरीहरू गरिरहेकाछन र कमजोरी देखेको छ त्यो सुधार गरेर जनताको मनलाई जिताउनु होला । चुनावमा हारजित हुन्छ । चुनावमा भाषण भन्दा जनसम्पर्क गर्ने गर्नुपर्छ । चुनावमा धेरै बोलेर पनि काम छैन् । विगत वर्षहरूमा कथा भनेर जनताको र विरोधी पक्षकाको मन तान्नुपर्छ । जस्तो गाजर खाने खरायोको कथा । ती कथाले जनताको मन जिताएर मत लिए जस्तै कथा भन्न दिएर आर्को पटक चुनाव त जित्नुपर्छ है । कुनै पनि कार्यकर्ता समर्थक मतदाताले निरासवादी विचारहरू ल्याउन कति पनि हुन्दैन् । चुनावमा खटेर मत तान्न खटनु भएका कार्यकर्ता महिला,प्रोफेसर, विध्यार्थी किसान,कार्यकर्ता ,पत्रकार,मतदाताहरू, साहित्यकार,नाटककार ,नेता शिक्षाविध्द,वकिल, स्वयम् सेवक , चुनाव समितिका र जनताले अडान छोड्नु हुन्दैन् । हामीहरूले आँधिवेरी सित झुक्न र जुड्न जानुपर्छ । हार्ने सिपाहीले मजवुटका साथ लडाईमा जित्न मेहनत गरे जस्तै कोशिस र कठिन समयलाई व्यहोरेर आफ्नो प्रतिष्ठा कायम गर्न जोर जुलुम गराै ।हाम्रो मेहनतमा कुनै कमी ल्याउन हुन्दैन् । अन्तमा फेरि एक पटक आर्को चुनावमा पनि व्यापक सहभागी भएर मादल पार्टीलाई जिताउनु हुने विचार राखि अनुरोध गर्दै आजलाई विदा हुन्छु । धन्यवाद २०८२/११/२८

Comments

ताजा खबर