विश्व मृर्गाैला दिवसको अवसरमा भोलि भक्तपुरमा रयाली हुने 


फाल्गुन २७, २०८२, बुधबार | राति ०९:२० बजे | 165


विश्व मृर्गाैला दिवसको अवसरमा भोलि भक्तपुरमा रयाली हुने 

भक्तपुर । भोलि विश्व मृगौला दिवस । यस अवसरमा भक्तपुरको दरवार क्षेत्रमा रयाली हुने भएकाले छ । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रको आयोजनामा रयाली हुने भएको हो । विहान रयाली र ११ बजेपछि अस्पतालमै स्वास्थ्य मन्त्रीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जनाइएको छ ।  
भक्तपुरका साथै नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । दिवसको यस वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ । 
मृर्गाैलाको उपचारको नेपालकै केन्द्र हो, भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र । केन्द्रका कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठ उपचार गरे मृर्गाैला रोगको उपचार सम्भव भएको बताउँंछिन् । त्यसका लागि स्वस्थ मानिसले पनि वर्षमा न्युनतम एक पटक मृर्गाैलाको परीक्षण गराउनुपर्ने उनी सुनाउँंछिन् । धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौला रोगको खतरा बढी हुने भएकाले ६ महिनामा एक पटक अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्ने उनी औंल्याउछिन् ।  
मृर्गाैलाको रोग टाफिक जाम जस्तै हो, दिवसको पूर्वसन्ध्यामा बुधबारको विशेष कुराकानीमा डा श्रेष्ठले भनिन्, जसरी टाफिक जाम भएपछि पछाडि फर्कन मिल्दैन र अगाडि नै वढ्नुपर्छ, त्यसरी नै मृर्गाैलाको रोग लागेपछि पछि सर्न नमिल्ने भएर त्यहीबाट मात्रै उपचार सुरु गर्नुपर्ने भकाले रोग लागिसकेपछि नै पता लगाउनुपर्छ । मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय भएको उनी सुनाउँंछिन् ।
संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट पीडित रहेको बताइन्छ । यसको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत करिब २७ लाख मानिसमा मृगौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । यसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मृगौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष तीन हजारको मृगौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 
केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ । मृगौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ । 
मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।
बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान वा बेलुका कम्तीमा ३० देखि ४५ मिनेट हिडडुल गर्नु अनिवार्य रहेको चिकित्सकहरु बताउँंछन् ।
मृगौला उपचार सम्भव नभएपछि अर्को बिकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मृगौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।
विश्व मृगौला दिवस हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । मृगौला स्वास्थ्यका बारेमा जनचेतना फैलाउन, रोगको समयमै पहिचान गर्न र बच्ने उपायहरूका बारेमा जानकारी दिन यो दिवस मनाइन्छ । नेपालमा पनि यो दिन विभिन्न सचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरी मनाइन्छ, जसमा मृगौला जोगाउने उपायहरूमा बढी जोड दिइन्छ । 
यस वर्ष विश्व मृगौला दिवसका मुख्य उद्देश्यहरूमा जनचेतनातर्फ मृगौलाको महत्व र यसलाई स्वस्थ राख्ने उपायहरूबारे जानकारी दिनु रहेको छ । रोकथामका लागि मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू जसले मृगौला खराब गर्न सक्छन्, तिनको समयमै रोकथाम गर्नु रहेको छ । यसका लागि नियमित स्वास्थ्य परीक्षणको महत्वलाई बढावा दिनु रहेको छ । पर्याप्त मात्रामा पानी पिउने, नियमित व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, नुनको सेवन कम गर्ने र धूम्रपान÷मद्यपानबाट टाढा रहनु मृर्गाैला रोगबाट बच्ने उपाय रहेको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

विश्व मृर्गाैला दिवसको अवसरमा भोलि भक्तपुरमा रयाली हुने 

Comments