एक सय जनाद्धारा रक्तदान
फाल्गुन १३, २०७७, बिहीबार | विहान ०९:५७ बजे | 20
भक्तपुरको देकोचास्थित ख्वप सर्कलहरुको वार्षिकोत्सवमा बिहीबार भएको रक्तदानमा एक सय जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा भएको रक्तदानमा स्कुलका शिक्षक, कर्मचारी, विद्यार्थी गरी एक सय जनाले रक्तदान गरेका हुन् । ख्वप माविको २१ औं, ख्वप कलेलको १९ औं र शारदा क्याम्पसको ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर, कलेजमा वीए, वीएसडव्लू अध्ययनरत विद्यार्थीले सहगोग गरेका थिए । वार्षिकोत्सवको अवसरमा रक्तदानबाहेक दौड, साँंस्कृतिक कार्यक्रमहरु पनि भइरहेका छन् । वार्षिकोत्सवको मुख्य दिन शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा मुख्य कार्यक्रम हुनेछ ।