नेमकिपा जित्नु पर्ने हो नि
फाल्गुन २७, २०८२, बुधबार | विहान ११:२३ बजे | 140
कुमार लघु,
ख्ववप,नेपाल
भाइ बहिनीहरू नमस्कार, यसपालि समयले साथ दिएन्। माैसम पनि उस्तै रहयो कसैको नि अनुहार हसिलो देखिएन् । चुनावले असहयोग प्रस्टै देखियो । जनतालाई नेमकिपाले विभिन्न समयमा गरेको गुण विर्सियो । त्यही गुण गरेको थियो त्यही गुण सम्झेर जनताले मत दिएलाको ठूलो आस थियो । जनताले गुण बिर्सनु अपमान जस्तै मैले सम्झेको छु । जनताले पनि नेमकिपालाई साथ दिन छोडे जस्तो देखाई दियो । समयले त जनताले साथ दिएको भए जित निश्चित थियो जनताले खोइ किन हो मत आफ्नो आफ्नो पार्टीलाई परित्याग गरि नेकाँ,एमाले ले र अरू पार्टीकाले भोट नै रास्वपालाई दियो । यो आत्माघाति गोल हो । आफ्ना पार्टी जिताउने उद्देश्य छोडियो । यो कतिपय पार्टीले गलत काम गरे र भयो । पहिला पहिला भन्थो पटुचामा पानी खाएर मर्न जानू भनेको कुरा सम्झियो । यो वर्ष आ आफ्ना पार्टीलाई मत नदिई विश्र्वाशघात गरेकोले अर्कैले माैका पायो । ती रास्वपाले नि जित्छ नै भनेर मनले सोचेको थिएन् होला । आखिर विभिन्न कमजोरीले चुनावको परिणामले अर्कै मोडमा पुगेर रास्वापाले जितायो । खासै रास्वपाको भक्तपुरका जनताको निम्ति कुनै गुण जनतालाई गरेको छैन् । नेमकिपाले शहर सफाई गर्न युवा विध्यार्थीलाई र सम्पदा स्थलहरू शोभा वढाउन हरेक महिनाको दुई पटक महिनाको १ गते र १५ गते चुनाव अगाडिसम्म निरन्तर सरसफाईमा लागेर नगरको टोल टोल पोखरी घाट र अन्य सार्वजानिक स्थलहरू कयाै सफा गरेको पत्र पत्रिका एफ.एम रेडियो र टेलिभिजनहरूको दृष्यहरू प्रमाणहरू हो । नगरपालिकाको मेयर नेमकिपाले कामरेड नारायणमान विजुक्छेँ ज्यू को सयवर्ष पछिको भक्तपुर भन्ने कितावको मूल मर्म र सैध्दातिक रूपमा ती कितावको मार्ग निर्देशक मानेर कार्यकलाप गरिरहेको हो । यो भक्तपुरलाई अहिले यस्तो छ पछि कस्तो होला र यस्तै परिवर्तहरू नयाँ पुस्तालाई गर्दै गएर देखाउँछु भनेर सुधार र नयाँ नयाँ कामहरू देखाउँदै भक्तपुरलाई जर्गेना गैरिहेको कुरा जनताको सामूघाम जतिकै स्पष्टछन् । मलाई लाग्छ भक्तपुरमा अस्पतालले जनताकालाई सेवा सुविधा दिन नसकेपछि नेमकिपाका जनप्रतिनिधीहरूले भक्तपुरको जनताको लागि र देशैभरीकाले जनस्वास्थ्य स्थापना गरेर जनतालाई सेवा गरिरहेको थियो । धेरै वर्षको अन्तरालमा त्यसैलाई अस्पतालको रूपमा परिवर्तन गरेर २५ शैयावाट १०० शैयाको अस्पतालको रूपमा अस्पतालले जनतालाई सुविधा दिईरहेकाछन् । जनताको सहयोगले अस्पताल स्थापना गरेर गर्नु त राम्रै हो । अस्पतालले नि:शुल्कको रूपमा कोरोणाको समयदेखि अक्सिजन दिईरहनु जायज नै हो । घर घरमा नर्सहरू पठाई बाजे बजै आमा काका काकी र भक्तपुर नगरवासीको सेवा गर्नु गराउन सक्नु नै आफैमा असल हो । यसलाई सराहणा गर्नै पर्छ । सर सफाईमा फूल ग्रहेयता दिएर दिनको दुईदेखी तीन पल्ट सेवा दिनु नै जनताको स्वास्थमा सुधारले जनतालाई निरोगी वनाई रहेको जनताको निम्ति सुयोग्य कुरा हो । यतातिर कला कृति पूर्खाले सिर्जित मठ मन्दिर जगेर्ना गरेर देशी वा विदेशीहरूलाई आकर्षण देिएर कला र सस्कृतिको संरक्षण आफ्नै जनताको साहारामा गर्नु भक्तपुरमा नेपाल मजलुर किसान पार्टीको देन हो । भक्तपुरमा एक घर एक स्नातक विध्यार्थी वनाउनु पर्छ भनेर ख्वप कलेज स्थापना गरेर देखाइ दिएको छ। त्यही भक्तपुरमा किसान, मध्यम मजदुर वर्गका जनताका छोरछोरीहरूले पढ्नुमा जागरण ल्यायो र आएको कुरा शिक्षामा स्षट देखिएकाछन् । जनताले यस्ता सुष्म कुराहरूलाई विर्सेकाछन् । जनताले र जनताका छोराछोरीहरू बिर्सिनु भएन् । नाचगानको राजधानी भक्तपुर भनेर वाजागजाको संरक्षण र पुराना पुस्तावाट नयाँ पुस्ताहरूलाई सीप हस्तान्तर गर्न जनतालाई उत्साहित गर्न लालायित भएर लागेकैछन्। नर्सहरूको पढ्ने कलेज स्थपना गरि जनताका छोराछोरीलाई पढेर भविष्य वनाउन सक्रिय छन् । यस्ता युवाहरूलाई नैतिकवान र उताउलो भएर हिड्न नदिन खेल खेलेर स्वस्थ वनेर देश र जनताको सेवा गर्न सकिन्छ भनेर स्वस्थ वनेर सभ्य नागरिकको परिचय दिन सक्ने बनाएकै छन् । भाइ बहिनीहरू कुन कसरी कुन अवस्थावाट जन मानसमा स्थापित भएकाछन् । ती कार्यहरू थाहा पाउन उसको पृष्ठ भूमिलाई नियाल्नु पर्छ । यी कामहरू निरन्तर दशकाै दशकदेखि नेपाल मजदुर किसान पारीले गर्दै आएका छन् । पूँजिवादीहरू जनताको सेवा गरेको कुरालाई मन पराउनेछैन् । यस्तै कुरालाई मनन्मा राखेर नेमकिपालाई मत दिन पर्ने थियो । युवाहरूले हाहुमा मतहरूअर्कालाई दिएर अहिले पश्चाताप गरेर वसेकाछन् । ल त्यस्तो हो ? युवाहरूको मत एक प्रकारले गलत ठाउँमा परेर हार व्यहोर्न परेको भान गरेकाछन् । जनताहरूले जसले सेवा दिईरहेकाछन् त्यस्तो पार्टीलाई जिताउनु हुन अनुरोध छ। जनताले दीर्घकालिन सोच राखेर नेमकिपालाई नै जिताउनु पर्ने थियो । आजलाई यति लेखेर विदा हुन्छु भाइ बहिनीहरू राम्रो पढ्नुस् अरूको गुणलाई हेरेर मत दिनुपर्छ । धन्यवाद, २०८२/१२/२७
