सदस्य बिना सहकारी जीवित नहुने
फाल्गुन २५, २०८२, सोमबार | राति ०७:०२ बजे | 70
भक्तपुर, २३ फागुन । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समीक्षा कार्यक्रम सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्ययामा यातु महादेव स्थित स्पाइसी एण्ड क्रिस्पी किचेनमा समिति उपसमिति, संस्थापक र कर्मचारीहरु भेला गरि शनिबार सम्पन्न भयो ।
कार्यक्रम सल्लाहकार रामकृष्ण प्रजापतिले समिक्षाको उदेश्य भनेको सहकारी वार्षिक नीति तथा कार्यक्रम र बजेत अनुसार संचालन भएको छ कि छैन र संस्था प्रगति वा अधोगतिमा छ कि भनेर नियालेर हेर्नु नै समीक्षा भएको बताउनुभयो । उहाँले सहकारी सदस्य भएर सहकारी बारे ज्ञान हासिल गरि सदस्य संस्थाको सास भएकोले सदस्य बिना सहकारी जीवित नहुने र ऋणबाट आएको व्याज आम्दानीबाट संचालन खर्च, विभिन्न कार्यक्रम र शेयर लाभांश वितरण गर्न सक्ने भएकोले ऋण संस्थाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाको विश्लेषण गर्ने अचुक उपाए भनेको पर्ल्स विश्लेषण भएको बताउँदै राष्ट्रिय र अन्तरास्ट्रिय परिस्थिति आर्थिक मन्दिको बेला पनि १२ करोड भन्दा बढी कारोबार बनाउन सफल भएकोमा संचालक र कर्मचारीहरुलाई बधाई दिनुभयो । उहाँले कार्यक्रममा सहभागी भएर सिक्ने सिकाउने अबसरको रुपमा लिने सोचलेले र सहकारी के दियो भने होइन सहकारीलाई के योगदान गर्न सकिन्छ भने सोचले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले पदीय दायित्व अनुसार काम गर्नुपर्ने बारे बताउँदै अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष र संचालक सदस्यहरु र लेखासुपरीक्षण समितिले गर्नुपर्ने काम कर्तव्य बारे बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै फागुन २१ गतेको निर्वाचन सकाएर आज २३ गते अर्ध बार्षिक समिक्षा कार्यक्रममा सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकासी आर्दश समाज बनाउने उद्देश्य अनुसार सहकारी संचालन भई रहेको छ कि छैन ? यसलाई मध्येनजर गरी सदस्यहरुको आवश्यकता र संस्थाको आवश्यकतालाई ध्यानमा राखी योजना तथा बजेट तर्जुमा गरेका थियौं भन्नुभयो । उहाँले सरकारी ऐन, नियमावली, कार्यविधिले निर्दिष्ट गरे अनुसार नीति, कार्यक्रम, बार्षिक योजना तथा बजेट निर्माण भई साधारण सभाबाट पारित भए अनुसार सहकारी अगाडि बढी रहेको छ कि छैन ? साथै आर्थिक बर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेत तेर्ह करोड पचास लाख रुपैंया र नाफा चालीस लाख पचास हजार रुपैंया(४०,५०,०००।–)को बनाई संचालक र सदस्यहरुलाई विभिन्न कार्यक्रम लगायत सदस्यहरुको आर्थिक र सामाजिक स्तर बृद्धि हुने गतिविधिमा ध्यान दिई उत्पादनमुलक क्षेत्रमा सहकारीको लगानी भई रहेको छ कि छैन ?ं वितेको छ महिनामा सहकारी कसरी संचालन भई रहेको छ ? कस्तो अवस्थामा छ ? भावी योजना र बजेत अनुसार खर्च र आम्दानी मिलि रहेको छ कि छैन ? भनि समिक्षा आवश्यक छ भन्नुभयो । उहाँले सहकारीले योजना अनुसार लक्ष्य पूर्ति भयो कि भएन ? भएन भने अबको छ महिनामा के कस्तो कार्यक्रमहरु अगाडि सार्ने ? सहकारी सिद्धान्त, मुल्य, मान्यता अनुसार संचालनमा छ कि छैन ? अर्ध बार्षिक समिक्षामा छलफल गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापति, न्हुछेँभक्त कोजु, सचिव सत्य राम ज्ञामरु, लेखा समिति संयोजक हरिकृष्ण प्रजापती, साँस्कृतिक उपसमिति संयोजक रामकृष्ण लावजु, महिला तथा बालबालिका उपसमितिका संयोजक चम्पा ज्ञामरु, युवा तथा खेलकुद उपसमितिका सिध्दान्त प्रजापति, व्यवसाय प्रबर्द्धन उपसमितिका राजु सिं बजिकों र प्रबन्धक गाैतम कुटुवले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
