सकियो केदारनाथको अर्ध वार्षिक समिक्षा
फाल्गुन २२, २०८२, शुक्रबार | राति ०७:३१ बजे | 70
भक्तपुर, २२ फागुण । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समिक्षा कार्यक्रम सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्यतामा संस्थाको तालिम हल जगातीमा एक समारोह बीच शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि रामकृष्ण प्रजापतिले संस्था स्थापना गरेर प्रगति उन्मुख संचालन गर्न अहिलेको मन्दिको अवस्थाको गा¥हो भएतापनि व्यवस्थित र राम्रोसंग संचालन भएको संचालक र व्यवस्थाप सबैलाई शुभकामना र धन्यवाद दिनुभयो । उहाँले समिक्षा भनेको संस्थाको प्रगति र अद्योगति नियालेर हेर्ने भएकोले संस्थाको सास सदस्यता बृद्धि, संस्थाको मेरुदण्ड ऋण परिचालन र त्यसको असुली, सुरक्षित लगानीमा ध्यान दिई सहकारीलाई विश्लेषण गर्ने अचुक उपाय पल्र्स विश्लेषण बारे बताउनुभयो । उहाँले सहकारीले मजदुर किसान र गरिबको धन जम्मा गरेर बैंकमा नथुपारी नयाँ पुस्तालाई रोजगार हुने उद्योग व्यवसायमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा देखिएको चुनौति, अवसर, दुर्वल र सफल पक्ष बारे अध्ययन गरी संचालक र कर्मचारीको क्षमता अभिबृद्धि गर्न तालिमहरु दिनुपर्ने बताउनुभयो । उहाँले सहकारी भनेकै समुदायलाई अगाडि बढाउन सामाजिक कार्यहरुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले आजसम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देशको अन्यौल राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको समस्या बीच सहकारीको बजेत, नीति तथा कार्यक्रम अनुसार संचालन भई प्रगति उन्मुख देखिएको बताउनभयो । उहाँले पुसमसान्तसम्म त्रीपन्न करोड पचास लाख पैचालीस हजार दुई सय छैसाठी कारोबार भएको बताउनुभयो ।
कार्यक्रम अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रामकृष्ण छुस्यावाग, व्यवस्थापक दयाराम तजलेले पनि बोल्नु भएको कार्यक्रममा सल्लाहकार राजभक्त फैजूको पनि उपस्थिति थियो ।
फाेटाेमा हेर्नुहाेस्...
