मतदान अमूल्य हो
फाल्गुन २१, २०८२, बिहीबार | दिउँसो १२:४० बजे | 110
कुमार लघु,ख्वप,नेपाल
आजको मतदान अमूल्य हो । आज यो दिन मतदान महत्व पूर्ण दिन हो । स साना कलेज पढ्ने र हाई स्कुल पढ्ने विध्यार्थीहरूलाई सिक्ने सिकाउने अवसर हो । वर्ष पुगेकाले देशभक्तहरूलाई वा निर्वाचन आयोगमा नाम दर्तागरी उम्मेदवार वनेकालाई र जनताको निम्ति नि शुूल्क सेवा गरेकालाई देशवासीले भोट मत दिई छाप राखेर संसदमा कानून,नीति निर्माण,सन्धि सम्झाैता गर्नेलाई चुनावले छनाैट गर्ने दिन हो । तपाईको भोट सकारात्मक सोच र देशको राम्रो काम गर्नेलाई दिने दिने हो । हाम्रो मत प्रत्यक्ष र समानुपातिकलाई राख्नपर्छ । यो अवसर हो कि सबैले राजनीतिक कुरा सिक्ने समय हो । जनतालाई राजनीति के हो ? जान सिक्न पाईन्छ । सहतम भयो त ,असहमति हुन्छ । सहमतिको पक्षलाई समर्थक र असहमतिको पक्षलाई विपक्ष भनिन्छ । संविधानमा देशलाई हित गर्ने पक्षहरूको वन्दोवस्त गरिरहेका हुन्छन् । हामीलाई र सबै नेपालीलाई हित हुने नियम कानूनको निर्माण र वन्दोवस्त गर्ने उम्मेदवार छान्ने दिन हो । स सानाले व्यवहारिक कुराहरू देख्ने र सिक्ने माैका हो । कति कुरा देखेर हेरेर नानीहरूले सिक्छन् । प्रत्यक्ष कुनै कतै गएर वसेर सिक्ने हामीले अवसरको सदुपयोग गर्न नि माैकाको फाईदा लिनु पर्दछ भाइ बहिनीहरू । पहिला जस्तो मानिसहरू अबुझ छैन् धेरै समय राजनीतिक अवसरहरू उतार चढाव भैसकेको हुनाले अवसर लिईसकेको समाज हो । यो आधुनिक जमानामा यता व्यबहारिकताले जान्ने सुन्ने र सिक्ने हुन्छ। हामीले आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्छ । हामीले छर छिमेक नाता गोताहरूलाई आज मतदान गर्नुपर्छ भनेर सम्झाउनु होला । देशको असल सुमार्गमा हिड्न दिने हिसावले राम्रो उम्मेदवार छान्ने काम जनता वा मतदाताको हुनुपर्छ । देशघाती सन्धि सम्झाैता गर्ने नयाँ दलहरू त अमेरिकी दलालहरू हुन है । कतिले त चिन्न सकेको छैन् । नयाँहरू अरूको उक्साईमा उभेकाछन् । निर्वाचन घोषणापत्रको लडाई हो । निर्वाचन नै जनताको निम्ति विना विश्र्वविध्यालयमा दिईने शिक्षा जस्तै हो । यो माैकामा विश्र्वविध्यालयको शिक्षावाट पाउने भन्दा अग्लै सिक्ने अवसर हो । विश्र्वविध्यालयले भन्दा अल्गै डाईरेक्ट ,प्रत्यक्ष फाइदा लिन सकिन्छ । जनताले पनि को कस्तो निर्वाचित गर्ने आफैले जान्ने र हेरेर गर्न सिक्न सकिन्छ । नेताले पैसाको छेलोखेलो गरेर चुनाव जित्नेहरू छन् । नेपालको राजनीति बुझि नसक्नु छ । हेर्नुस् जनताको उम्मेदवारलाई छान्नुपर्छ । सिमित जनताको अधिकार खोजेर आफ्नै परिवार र पार्टीलाई छानेर हेर्नेलाई मत राख्दा देशको हित हुने छैन् । दिर्घकालिन सोचको विचारका नेता र उम्मेदवारलाई मत सदुपयोग होस् छाप राख्ने गर्नाले देश र जनताको कल्याण हुनेछन् । भाइ बहिनीहरू चुनावले देशमा परिवर्तन खोज्न सहायक भूमिका खेल्ने दिन असल हुन्छ । मोडेलको कुराहरू पनि आएकाछन् । राजनीति के हो ? राजनीतिलाई नबुझेकाहरू पनि जनताको मत सितै पठाउन उम्मेदवार वनेकाछन् । नेता र उम्मेदवार छान्न जानेर मतदानमा मत दिन जान्नुपर्छ । हामी अगि पछि भन्दा इमान्दार सहनशील ,निडर र विपक्षसित नझुक्ने नेतालाई र देशभक्तहरू छान्ने दिन हो । विकास प्रेमी नेता देशको हितमा ख्याल राख्नेलाई आजको मतदानमा मत दिनु नै सचेत नेपालीको दायित्व हो । अन्तमा आजलाई यी शुभ सन्देस दिएर मतदताको जय होस् भन्दै विदा लिन्छु । सज्जन र असल नेताको चयन देश र जनताको सेवा गर्नु नै राजनीति हो । धन्यवाद, २०८२/११/२१ गते ।
