आफूले चाहेको चिन्हमा


फाल्गुन २०, २०८२, बुधबार | विहान ०९:३३ बजे | 65


आफूले चाहेको चिन्हमा

कुमार लघु,ख्वप ,नेपाल

भाइ बहिनीहरू नमस्कार , आज मतदान गर्नु अधिको अधिलो दिन हो । भाइ बहिनीहरू किसान मजदुर श्रमिक, विध्यार्थी, अन्य तप्काका नेपाली दाजुहरू र नेपालीहरूमा नेपाली जनताले संघर्ष गरेर ल्याएको मताधिकारको उपयोग गर्न बिर्सेलान भन्ने मनसायले मतदान गर्न सम्झाउन र आफूले चाहेको चिन्हमा मतमा छाप राख्न मनले कुन पार्टी र व्यक्तिले इमान्दारी निभाए र देशमा एमसिसि पास गरेर देशलाई यो हालतमा पु-र्याए सोच्नु होला । एमसिसि पास गर्नेलाई मत दिनु हुन्दैन् । देश र जनताको सेवा वा नि:शुल्क सेवा वा अब फेरि पनि कुन र कसले वा उम्मेदवार गर्ला जस्तो छ त्यो हिसावमा मतदान गर्न अनुरोधमा छु। मतदान गर्न आफ्नो अधिकार मतदान गर्दिन भनेर आफ्नो अधिकारलाई उपयोग गर्न नछोड्नुस् । आफूले चाहेको उम्मेदवारलाई मतदान गरेर आफ्नो शिर ठाडो बनाउने काममा लाग्नुस् । जिल्लामा नमूनाको रूपमा कसले कहाँ के गरे र आगामि दिनमा कसले र कुन उम्मेवारले के के गर्छु र कुन वुदाँ आफूलाई मन लाग्यो देश भरीका मतदाताले भोट खसाल्ने दिन भोलि फागुण २१ गते मतदान गर्न दिन हो । शहर,गाउँ र ठाउँ ठाउँका दाजु भाइ दिदी बहिनीहरू अवश्य आफ्नो जन्मघर र कर्मघर फर्केको होला । कति फर्किन्दै होला ! फर्केर देश र जनताको निम्ति काम गर्ने र सेवा गर्ने ति उम्मेदवारलाई मत दिने काम गर्नु होला सकिन्छ आफ्नो मनले रूचाएको उम्मेदवारलाई उहाँको इमान्दारीलाई अध्ययन गरेर आगामी दिनमा पनि सेवा गर्न लिने देशभक्तलाई मतदान गरेर त आफ्नो कर्तव्य निभाउनु होला । एमसिसि पास गर्ने मतियार र कतै अपराधि,गुण्डा, बलत्कारी, शोषक ज्यानमाराहरूलाई मत नदिनुस् । त्यस्तालाई तपाईको मत परे । त्यही तपाईको मतले आफ्नो मन पाँच वर्षसम्म पोलिरहन्छ बहुत विचारगरी सुनेर सोधेर मात्र आफ्नो मत प्रयोग गर्नुस् । नदीनाला बेचेको,सिमान भारतलाई दिई इनाम लिएको पार्टीका उम्मेदवारलाई नदिनुस् । असमान सन्धि सम्झाैता गर्नेलाई खुखारलाई पर्छ होस् पु-र्याउनु होला । साम्राज्यवाद शक्तिको विरोधीलाई तपाईं र हाम्रो पर्नुपर्छ । अमेरिकी दलालहरूलाई र भारतिय दलालाई दिनु हुन्दैन् । हाम्रो बाटोघाटो ,टोल विध्यालय,स्कूल , कलेज ,अस्पताल वनाएका र विश्रविध्यालय वनाउँछु, कला संस्कृति ,समाजलाई वुध्दिजिवीकरण, जिल्ला र देशलाई ज्ञान विज्ञानको केन्द्र वनाउँछु भन्ने पार्टीलाई नै देशको निम्ति योगदान गर्नेहरूलाई मत दिनुपर्छ । भाइ बहिनीहरू हाम्रो कर्तव्य भनेको नजानेकालाई सिकाउने र भन्नू नै हाम्रो दायित्व हो । हामीले सकेको र जानेकोे दायित्व पूरा गर्नुपर्छ । जिल्ला जिल्लाका दाजु भाई मत खसाल्नु भन्दा अगाडि निकै सुझबुझका साथ दिमागलाई तयारी अवस्थामा राख्नुस् । तपाईले आफ्ना सन्तानहरूसित र आफन्तहरूसित जानकारी लिनु् । यो आधुनिक युगमा एकले अर्कालाई सत्य तथ्य जानकारी दिनुपनि सचेत पार्नु हो । तपाईको सत्य बोलिले यथार्ततामा सहयोग गर्न आफू चनाखो हुनुपर्छ । कर्म क्षेत्र छोडेर गन्तव्य स्थल तर्फ लागेका दिदी भाइ साथीहरू भक्तपुर जस्तो नमूनाले काम गर्ने इच्छाले उठेका उम्मेदवारहरू थुप्रै छन् । घोषणापत्र जिवनी मतपत्रलाई लिनुस् हेर्नुस् ती उम्मेदवारहरू तपाईको घर आँगनमा कहि कतै चुनाव परिचालन समेतिमा बुझेर मत दिनुस् । मत दिने विचार गर्नु भएकोमा सधन्यवाद छ, समाजवादी विचारका उम्मेदवारहरू छान्न तपाईको मतले सहयोग पुगोस् । अन्तमा योग्य इमान्दार कर्मशील, निडर,सहनशील ताबोकेको उम्मेदवारलाई जनताको मत परोस् । भाइ बहिनीहरू तपाईहरूको यो मतदान हुने वेला ठूलो सहयोगको कदर आमा बुबा,दिदी बहिनी ,काका काकीहरूले पाउने आसाका साथ आजलाई विदा हुन्छ । नमस्कार , नेपाल , २०८२/११/२०

Comments