उदय साकोसको ३० आैं स्थापना दिवश


फाल्गुन १९, २०८२, मङ्गलबार | राति ०७:१२ बजे | 20


उदय साकोसको ३० आैं स्थापना दिवश

भक्तपुर, फागुन १९ । लिवालिवीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० आैं स्थापना दिवस संस्थाको सभाकक्षमा मंगलबार सम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति न्हुछे बहादुर प्रजापतिले संस्थापक, संचालक समिति उपसमिति तथा कर्मचारीहरू बीच सहकार्य गर्दै संस्थाको प्रगति र विकासका लागि समुदाय लक्षित कार्यक्रमहरु संचालन भइरहेको बताउनुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले संस्था परिपक्व अवस्थामा रहेको बेला राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा देखिएको आर्थिक मन्दीको सामना गर्नसक्नु नै संस्थाको सकारात्मक पक्ष भएको बताउनुभयो । पूर्व अध्यक्ष नीलनारायण कोजूलगायत संस्थाका संस्थापक सदस्यहरुले संस्थाको विकासका लागि आवश्यक सरसल्लाह तथा सुझाव दिएको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारीहरूको उपस्थिति रह्यो । संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले संस्थाको स्थापना दिवसकाे अवसरमा यहीँ फागुन २८ गतेदेखि संस्थाको युवा तथा सांस्कृतिक उपसमितिको आयोजनामा तीन महिने मादल र बासुरी तथा ढोलक बाजाको प्रशिक्षण संचालन हुने बताउँदै यहीँ फागुन २५ गते भित्र नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो ।

Comments