साम्राज्यवाद विरोधी शक्तिलाई ....
फाल्गुन १७, २०८२, आइतबार | राति ०७:४७ बजे | 75
कुमार लघु,ख्वप ,नेपाल
भाइ बहिनीहरू नमस्कार , देशको सच्चा नागरिक र कम्युनिष्ट पार्टीको घटक भएर साम्राज्यवादको शक्तिशाली, जनताको नि:शुल्क सेवा र देशकै सेवा गर्दै आएको पार्टीलाई देशभरीका जनताले,मतदाताले (नेमकिपा ) नेपाल मजदुर किसान पार्टीलाई मत भोट नै दिनु पर्दछ। यो नेपाल मजदुर किसान पार्टी स्थापना भएको २०३१ साल माघ १० गते हो । अटुट रूपमा स्थापना कालदेखी वर्तमानसम्म देशको सार्वभाैमिकता रक्षा आन्दोलन र देशमा साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्वमा जनतासित एकमत गर्दै आएको हो । पंञ्चायत कालदेखि नै निर्वाचनको वेलामा प्रकृतिवादीको खोईरो खनेर जनतालाई निर्वाचनमा आमूल परिवर्तनको निम्ति प्रशिक्षित गर्दै पंञ्चायत, पंञ्चहरूको र बहुदलमा पनि बहुदलियको मुकुण्डो आेडेर जनतालाई झुठ आश्र्वाशनको पोको वाँडेर कुरालाई छर्लङ्ग पारेर जनतालाई दिशा निर्देश र पार्टीले भनेर रणमैदानमा उत्रेकाहरूलाई राजनीति यसरी गरेर जनताको निम्ति उज्जयालो दिन सकिने र सेवाको पहुँच पु-र्याउने उदाहरण दिन्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी हो । पार्टीले निर्वाचनलाई उपयोग गर्दै र नेपालका र विदेशका पूँजिवादीहरूको चरित्रलाई उडाङग्याउँदै आएको पार्टी हो । यो पार्टीले क्रान्तिकारी संसदवादलाई व्यवहारमा लागूगरी र आगामि समयमा पनि भूमिका निभाउने नीति लिएको छ । लोकतान्त्रिक समयमा पनि जनता गरिवको गरिव नै छन् । असङ्ख्य जनताले गरिबी नै अवस्थामा जीवन निर्वाह गर्नपर्नुको कारण ३५ वर्षसम्म सत्ता सम्हालेको शासक पार्टीहरूको असफलताको कारणले हो । पूँजिवादी पार्टीहरूलाई जनताले मतको निम्ति पैसा लिएर किनेर निर्वाचनमा गुण्डाहरू शैलीको उम्मेदवारहरू जनताले जिताई पठाएकोले जनताले असत्य मान्छेलाई मत दिनु हुन्दैन् । धोकेबाजहरूलाई र अमेरिकि दलालहरूलाई मत नदिनु होला। घोषणापत्रको आधार लिएर विगतमा र वर्तमानको मूल्याङ्कण गरेर मत दिने यो बेला हो । मत मादलमा छाप राखेर गोप्य मतदान गर्ने हो । कसैले कसैलाई आफूले खसाले पछि सोधेमा भनिरहनु पर्दैन् । आफ्नो मनमा मात्र राखी राख्ने हो र सत्य देखेको र घोषणापत्रको आधार लिई हिडेको र गरेको पार्टी नेमकिपा लाई दिने हो । कृषि उत्पादन वढाउन आवश्यक र सम्भव भएका ठाउँहरूमा सिचाईका नहरहरू र कृषिको निम्ति मल कारखाना वनाउन पहल गर्ने र गर्दै आएको पार्टी नेमकिपा हो । जुन सरकार गए नि परनिर्भर वढेको छ। देशका लाखाै युवाहरू विदेशमा पठाउनाले देशमा देशको कृषि उत्पादनमा ह्राश आएर देशको अर्थतन्त्रको डामाडोल भएको सबै नेपालीले महशूस गरेको हो । विगतमा नेपाल मजदुर किसान पार्टीले २०४८ सालदेखी नै आफ्नो निर्वाचन घोषणापत्रमा देशको बृहत्तर विकास गर्न दूर्गम क्षेत्रमा रोपवे,केवुलकार र सुरूङ्गमार्ग रेलमार्ग अवलम्बन गर्नुपर्ने वारेमा सरकारलाई ध्यानाकर्ष गराएको थियो । भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणा गर्न माग गरेको जनताको सामू अव्दिति तवरले छर्लङ्ग छदैछ । निर्वाचन एक वर्गसंघर्ष र राजनीति संघर्ष हो । नेमकिपाको उम्मेदवारहरू देशभरीवाट निर्वाचित जनताले नगरेसम्म आमूल परिवर्तनको निम्ति समय परिपक्को हुने छैन् भन्ने विचार नेमकिपाको जनतामा अनुरोध गरेर बोलेकै छन् । हेर भाइ बहिनीहरू राजनीति जनताले सोच्ने र हेर्ने जस्ता हुने छैन् । माैसम बदली जस्तै कति वेला कसो होला भन्नै सकिन्दैन् । विश्र्वको राजनीति नै उथलपुथल छ । अमेरिका अंहंकारले मातेको छ । देशमा राजनीति नसप्रेसम्म कुनै पनि व्यापार व्यवसाय ठिक हुने छैन् । पहिले देशलाई नेतृत्व दिने राजनीति सफा हुनुपर्छ । राजनीति गर्नेले बेमानी तवरले राजनीति गरे समणम देशले धान्न सक्ने छैन् । लाै त भाइ बहिनीहरू देशलाई नेतृत्व गर्ने असल व्यक्तित्व आवश्यक छ । यति घनेर आजलाई विदा लिन्छु । आफ्ना मामा काका र वाजे बजैहरूलाई मतदान गर्न गराउन सचेतता अप्नाउनु होला । मतदान गर्दा साम्राज्यवाद विरोधी शक्तिलाई मतदान मादलमा गर्नु हुन अनुरोध छ । धन्यवाद २०८२/११/१७ गते , नेपाल
