भृकुटीमण्डपमा ५ दिने तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै
फाल्गुन ११, २०८२, सोमबार | राति ०९:३३ बजे | 255
काठमाडौं । नर्सरी ब्यबसायी संघ नेपालले भृकुटीमण्डपमा ५ दिने तेस्रो हर्टिकल्चर एक्स्पो २०८२ गरिने भएको छ। एक्स्पो यहि फागुन २९ देखि चैत्र ३ गते सम्म हुने जानकारी संघका अध्यक्ष रामजि प्रसाद तिमिल्सिनाले जानकारी दिनु भएको छ।
अध्यक्ष तिमिल्सिनाका अनुसार नेपालमा तिब्र गतिमा बिस्तार हुँदै गएको फूलको नर्सरी , फलफूल नर्सरी , कृषि तथा वन नर्सरी , जटिबुटी नर्सरी क्षेत्रको प्रबर्द्धन गर्ने उदेश्यले बृहत प्रदर्शन आयोजना गर्न लागिएको हो। नर्सरी ब्यबसायको बिकास र बिस्तार , स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने मूल नारा सहित आयोजना हुने एक्स्पोमा देशभरका नर्सरी ब्यबसायीहरुको सहभागिता रहने छ।
उक्त एक्सपो अवधिमा उत्कृष्ट हर्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्याण्डस्किप डिजाइन ,उत्कृष्ट मौसमी फूल,उत्कृष्ट सजावटी बिरुवा , उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट सुगन्धित बिरुवा विधामा बिजेतालाई नगद, शिल्ड र प्रमाण पत्रको साथै दीर्घकालीन नर्सरी ब्यबसायी सम्मान २०८२ र विशेष उत्पादक नर्सरी ब्याबसायी सम्मन २०८२ पनि प्रदान गरिने जानकारी संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रबिन कुमार गौतमले जानकारी दिनुभएको छ।
फाेटाेमा हेर्नुहाेस्...
