स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न


फाल्गुन ९, २०८२, शनिबार | साँझ ०५:०७ बजे | 60


स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, फागुन ९ । लिवालिवीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लि.को ३० आैं स्थापना दिवसको अवसरमा संस्थाका प्रांगणमा स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त शिविरमा ४४ जना महिलाले पाठेघर, स्तन परिक्षण फिजियोथेरापीबाट नि:शुल्क स्वास्थ्य सेवा पाएका छन् भने १८ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण परामर्श भएको थियोे । सिद्धि स्मृति अस्पतालका बाल विशेषज्ञ डा राजेन्द्र शिल्पकारले विगतको तुलनामा बढेको माैसमी रूघाखोकी इन्फ्लुएञ्जाको जोखिमबाट हुने निमोनिया, स्वासप्रस्वासमा जटिल समस्या देखिने भएकोले व्यक्तिगत सरसफाइ र स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । जंकफुडको अत्यधिक प्रयोगले पाउनुपर्ने पाैष्टिक तत्व शरीरले नपाउँदा कुपोषणको संक्रमण बढ्दै गएको बताउँदै घरायसी रूपमा उपलब्ध पाैष्टिक तत्वले भरिएको खानेकुरा सन्तुलित रूपमा खुवाउन जोड दिनुभयो । उक्त स्वास्थ्य शिविरमा सिद्धि स्मृति अस्पताल भक्तपुरका चिकित्सकहरुले प्राविधिक सहयोग गरेका थिए । स्थापना दिवसकै अवसर संस्थाको युवा तथा सांस्कृतिक उपसमितिको आयोजनामा तीन महिने मादल र बासुरी बाजाको प्रशिक्षण फागुन २८ गतेदेखि संचालन हुने जनाएको छ । यसको लागि यहीँ फागुन २५ गते भित्र नाम दर्ता गर्न सकिनेछ । संस्थाको आयोजना यहीँ चैत १४ गते बालाजु बाईसधारा र टोखा सपनतीर्थमा जेष्ठ सदस्य भ्रमण लाने जनाएको छ । भ्रमणमा ४५ वर्ष माथिका सदस्यले पनि सहभागिता जनाउन पाइनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न

Comments