शानसित वाचौँ ...
फाल्गुन ११, २०७७, मङ्गलबार | विहान ११:३५ बजे | 40
कुमार लघु ,
कोही कसैको अगाडि झुकेर वाँच्न नपरोस्
नेपाली कोही पनि शानले शिर उचालि रहौँ
आफ्नो आत्मारक्षा आफैले गरेर गर्नसकौँ
नेपाल स्वतन्त्र मुलुक भनी विश्वमा चिनाऔँ ।
ह् ह ह ह
आफ्नै देसमा रोजगारी सिर्जना गरि वसौँ
आफ्नै देसमा नेपालीको स्वाभिमान वचाऔँ
देसभक्ति हुनु पर्छ आफ्नो देस जोगाउन लौ
नेपाली हो विरताको गाथा आफूले जानुपर्छ ।।
ह ह ह ह
कसैको अगाडि झुकेरवस्न नपरोस्
नेपाली हो हामी पुर्खाको शान जोगाऔँ
नेपाली हो देस हाम्रो देस रहे हामी रहनेछौँ
देस नेपाल नेपाली हामी सदा जागेर वसौँ ।।।