एक हप्ते तालिमको उद्घाटन


फाल्गुन ११, २०७७, मङ्गलबार | विहान ११:१५ बजे | 25


नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ भनपा ९ दत्तात्रय समितिको आयोजनामा एक हप्ता तालिमको उद्घाटन प्रमुख अतिथि नेमकिपा केन्द्रीय सदस्य रबिन्द्र ज्याख्वले प्रशिक्षक हरिकृष्ण दुवाललाई माइक्रोफोन हस्तातरण गरी एक समारोह बीच सोमबार सकोलानमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र ज्याख्वले मद्येशका जनता पनि नेपाली भएकोले मस्र्या भनेर हेप्ने, होच्याउने कार्य गर्न नहुने बताउँदै पार्टी स्थापना दिवसको अवसरमा तराईको भ्रमणले त्यहाँका दिदीबहिनीहरुको दुःखकष्ट, दहेज प्रथा, शिक्षा, सीमामा भारतीय प्रहरीको ज्यादती विरुद्ध संघर्ष गरिरहेका जनता हो भन्नुभयो । उहाँले अन्तरमुखी स्वभावका कारण आफूलाई परेको पिरमार्का र समस्या राख्न नसक्ने र जाने बुझेका कुराहरु प्रस्तुत गर्न शब्द चयन गरी प्रयोगमा समस्या भएकोले आफ्नो प्रतिभा प्रफुष्टन गर्न गा¥हो हुने जसले गर्दा आफुमा हिनतबोधको भावनाले ग्रसित भई निराश हुने बताउनु भयो । उहाँले श्रोता, स्थान, समय परिस्थिति अनुसार आफु प्रस्तुत हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा श्रद्धाञ्जली हासेर दिई राखेको भइरल भए जस्तै हुने भएकोले निसंकोच तलिममा नजानेका कुराहरु लज्जाबोध नगरी प्रश्न गर्नु पर्ने बताउँदै सुन सय चोटि तौलिन्छ मानिस एक पटक तौलिन्छ त्यसैले तालिममा कमिकमजोरी भए सुधार गर्न सक्ने तर बाहिर मासमा भए त्यसले नकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले तालिमले व्यक्तित्व विकास हुने बताउँदै भाषामा शुद्धता, नक्कलमा मौलिकता हुनु पर्ने बताउनुभयो । कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक हरिकृष्ण दुवाल, रामकृष्ण प्रजापति र विद्यार्थी प्रनिस नखेत्रुले पनि बोल्नु भएको थियो ।

Comments